CBBL 980 1 SMJC 574 -6 DDBL 916.2 3.1 API 289.5 2.5 NUBL 730 2.8 GBILD86/87 1030 4 SBCF 9 -0.2 NABIL 594 3 MPFL 751 5 HDL 1423.1 49.1 GILB 1268.4 4.4 MMF1 8.98 0.1 LEC 276.8 -6 SFMF 10.2 -0.2 NICGF 10.56 -0.28 SAGF 9.31 0.01 SDBD87 1035 4 SPL 813 -12.1 JSLBB 1513.9 38.9 DOLTI 538 10 UAIL 639 -1 RBCL 17071 -109 NICL 990.2 -4.8 CZBIL 242 -10 KDBY 9.21 -0.23 ANLB 4453.1 47 MMKJL 543.6 9.6 SGIC 641.2 -4.8 NRIC 803 -5 FMDBL 758 -0.1 BHPL 655.1 -12.7 SMHL 613.1 -4 KBL 234 -6.9 NIMBPO 176.9 -1.1 SNLI 585.1 -0.9 NHDL 570 0 RAWA 889 29 NIL 912 8 HLI 472 -4 GIBF1 9.69 0.1
×
मिसन रेड अभियान अन्तर्गत रक्तदानसम्बन्धी सचेतनामूलक स्टिकर अभियान सुरुवात



रक्तदानको महत्त्वबारे जनचेतना जगाउन ‘मिसन रेड अभियान’ले आज चौबिसकोठी चोकमा सचेतनामूलक स्टिकर अभियान सञ्चालन गरेको छ ।

जनस्वास्थ्य कार्यालय चितवन, रोटरी क्लब अफ चितवन, जिल्ला ट्राफिक कार्यालय चितवन लगायत विभिन्न संघसंस्था तथा व्यवासयहरुको सहकार्यमा बिहान ९ बजेदेखि सुरु भएको यस अभियानमा स्थानीय र लामो दूरीका सवारी साधनमा ६०० वटा भन्दा बढी स्टिकर टाँसिएको हो ।

रक्तदानको महत्त्वबारे जानकारी दिँदै नागरिकहरूलाई यसमा सहभागी गराउने उद्देश्यले सुरु गरिएको यस अभियानका लागि १२०० स्टिकर र १० ब्यानर तयार गरिएको थियो । त्यसमध्ये ६०० स्टिकर विभिन्न सवारी साधनमा प्रयोग गरिएको आयोजकले जनाएको छ ।

मिसन रेडले डिजिटल प्लेटफर्म मार्फत पनि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराएको छ । कार्यक्रमलाई मिसन रेडका संयोजक अर्जुन अधिकारीले अध्यक्षता गरेका थिए । बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने जनस्वास्थ्य कार्यालय चितवनका प्रतिनिधि गुरु कँडेल र रोटरी क्लब अफ चितवनका द्वितीय उपाध्यक्ष राजन पिया विशिष्ट अतिथि थिए ।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधि , सामाजिक तथा व्यवसायिक व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो । देशभर देखिएको चरम रगत अभाव समस्या समाधान गर्ने उद्देश्यक साथ  एसडि फाउन्डेसन र ब्लड डोनर्स सोसाइटी नेपालको सहकार्यमा मिसन रेड अभियान २०८१ देखि सुरु भएको हो । यस अभियानले देशभर रक्तदान कार्यक्रम, सचेतनामूलक गतिविधि लगायत थुप्रै कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

आगामी १९ पौषमा भरतपुर अस्पताल परिसरमा ‘मेरो पहिलो रक्तदान’ कार्यक्रम आयोजना गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र यसले रक्तदानप्रति जनचेतना बढाउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस