×
Lagani
Lagani Shiksha gif
नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं, मंसिर ०९ । नबिल बैंकले मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा गर्दैछ । बैंकले साधारण सभामा भाग लिन र आफ्नो लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको जनाएको छ । आज (मंसिर ९ गते ) सम्म कायम सेयरधनीले मात्र बैंकको सभामा भाग लिनु पाउने र लाभांसको हकदार हुने बैंकले जनाएको छ । 

बैंकले प्रस्तावित लाभांश पारित गर्ने लगायतका एजेन्डा राखेर यहि मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा गर्दैछ । मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर २७ गते गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनार्थ मंसिर १० गते १ दिन बुक क्लोज गर्ने बैंकले जनाएको छ। 

Lagani Shiksha gif
sharehubapk नबिल बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नबिल बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई करसहित १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित नगद लाभांश साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जानकारी गराएको छ । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा भने यस बैंकले ११% नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस