MSLB 1564 -70 SBD87 1048 11.9 NABBC 631 -12 SAMAJ 3321.1 1.1 MEN 631.1 -3.9 UMRH 475 -1.9 SHLB 1886.9 1.9 MLBBL 1635 15 NMLBBL 769 -11 UAIL 639 -1 PSF 9.51 -0.09 NICGF 10.56 -0.28 NBF2 9.15 -0.05 SALICO 747 -9.1 MND84/85 1030 2 VLBS 902.5 -7.5 PROFL 655 7 SANIMA 326 -10.2 RMF1 9.15 -0.1 NYADI 305.4 -6.6 IHL 499 -1 TPC 465 6 SMPDA 910 -1 NICGF2 8.78 -0.02 GBBL 447 -6 CCBD88 1123.1 6.1 SIFC 628 10 GBBLPO 205 0 HBLD83 1056.3 0.3 USHL 783.2 -13.7 LVF2 9 0 LLBS 1050 5 NICSF 9.5 0.25 PMHPL 260 -4 MMKJL 543.6 9.6 MBLD2085 1085 6.5 HLBSL 1010 -10 NBLD85 1025 0 NICFC 8.97 -0.33 MDB 630 -3.8
×
निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्नेछ- मुख्यसचिव अर्याल



काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । आज बुधवार मुख्यसचिव अर्याललाई बधाइ तथा शुभकामना दिदै परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो । 

मुख्यसचिव अर्याललाई सफल कार्यकालको शुभकामना दिनुहुँदै अध्यक्ष राजेश कुमार अग्रवालले समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत स्थायित्व र कानुनी सुधारमा ध्यान दिइनुपर्ने बताए ।

अर्थतन्त्रका केही सूचक सकारात्मक देखिएपनि उत्पादनशील एवं निर्माण क्षेत्र अझै पनि चलायमान हुन नसकेको उनले बताए । समग्र अर्थतन्त्रको विकासका लागी बजेटको प्रभावकारी कार्यान्वय एवं स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिए । 

परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अनुकुल औद्योगिक वातावरण निर्माणका लागि प्रकृयालाई सरलिकरण गरिनुपर्ने, रोजगारी थप बढाउन रोजगारी दिइरहेका उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । 

सो अवसरमा मुख्यसचिव अर्यालले अर्थतन्त्रको विकासका लागि सरकारलाई निजी क्षेत्रको सहयोग चाहिने बताए । पछिल्लो पटक केही कानुन संशोधन हुँदा त्यसले सकारात्मक काम गरेको भन्दै कानुन सुधार गरेर अगाडि बढ्ने बताए । उनले आफ्नो कार्यकालमा निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्ने बताए । 

परिसंघका उपाध्यक्षद्वय वीरेन्द्र राज पाण्डे, अमित मोर, पदाधिकारी सदस्य गोकुल भण्डारी, महानिर्देशक डा. घनश्याम ओझालगायतले बधाई तथा शुभकामना दिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस