×
Lagani
Lagani Shiksha gif
यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन , नेपालमा यस्तो छ !



विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ ।

यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन नाम दिएको छ ।

Lagani Shiksha gif
sharehubapk यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन , नेपालमा यस्तो छ !

अमेरिका, बेलायत, स्वीट्जरल्यान्ड, युरोपेली युनियनलगायत केही देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।  बेलायतमा दुई जनामा यो भाइरस देखिएको छ । दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीका नागरिकलाई विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका हुन् ।

नेपालमा पनि नयाँ ओमिक्रोन भेरियन्ट फैलिएको आशंका गरिएको छ । सरकारले ७ सय ५० नमूना ओमिक्रोन भेरियन्ट फैलिएको हो कि होइन भनेर पुष्टि गर्ने उद्देश्यले इंग्ल्याण्ड पठाउनुले यो आशंकामाथि बल पुगेको छ ।

नयाँ ‘ओमिक्रोन’ भाइरस पत्ता लगाउन सरकारले ८ सय ४६ नमूना जीन सिक्वेन्सिङका लागि घानमा हालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले नयाँ भेरिएन्ट भए नभएको पत्ता लगाउन ७ सय ५० नमुना इंग्ल्याण्ड पठाएको बताए ।

ओमिक्रोन भेरियन्टको जोखिम उच्च भएको भन्दै सावधानी दर्शाउन डब्लूएचओले सबै देशलाई निर्देशन दिएको छ । यो भेरियन्ट ठूलो संख्यामा उत्परिवर्तन भएको पनि डब्लूचएओको भनाई छ ।

डब्लूएचओले शुक्रवार द्य।ज्ञ।ज्ञ।छद्दढ नाम दिइएको भेरियन्टका कारण दक्षिण अफ्रिकाका सबै जसो राज्यहरूमा सक्रमण बढेको जनाएको थियो ।
वैज्ञानिकहरूले यो भेरियन्टबारे थप अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
One Eyg
Guest
One Eyg
November 29, 2021 7:38 am

china ma yo virus chaina



ताजा समाचार
लोकप्रिय
सिफारिस