UPCL 262.2 -2.7 PRSF 9.54 -0.11 NMB50 10.3 0.05 NLIC 814 -13.4 NBL 292.2 1.2 CIT 2195 0 NIBD84 1030 -20 RNLI 495.5 1.5 HBL 260 -13 MLBS 1532.3 -86.7 PFL 652 -1 SHL 512 -4.5 GUFL 735 5 BHL 440 -13 EBLD86 1040 -2 NLICL 606 -4 GVL 538.5 -22 STC 5908 9 MSLB 1564 -70 SPC 520 5 SSHL 215 0.8 HURJA 220 -4.6 UMRH 475 -1.9 SMPDA 910 -1 NWCL 975 -13.9 NMBD87/88 1027 -3 HRL 861 -4 SWMF 812 -13 AKJCL 209 -3 SHIVM 599 -8 RIDI 235 0 NMBMF 695 -10 NFS 1350 -43 CHDC 1684 -35.9 HATHY 1322 13 KRBL 613 0 MFLD85 1050 -20 NICA 452 -13 API 289.5 2.5 RLFL 625 6.9
×
सन्दीप लामिछाने निर्दोष ठहरिए , जिल्ला अदालतको फैसला उल्टियो।



गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।

उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । मंगलबार र बुधबारको बहसपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो । उच्चको फैसलापछि उनको टी-२० विश्वकप खेल्ने बाटो खुलेको छ ।

उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्नमा सकिएको हो । मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो । मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो । बुधबार सन्दीपका कानुन व्यवसायीले जवाफ दिएलगत्तै बहस सकिएको हो ।

फैसला गर्नु अघी न्यायाधीशहरुले काठमाडौँको होटलको सीसीटीभी फुटेज हेरेका थिए।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
हरि लुइटेल
Guest
हरि लुइटेल
May 15, 2024 5:27 pm

सत्य अर्थात जनता को जित हो यो ।जस्तो सुकै कु शक्ति को पनि समय आये प छि सत्य सङ्ग घुडा टेक्नै पर्छ ।



ताजा समाचार

लोकप्रिय
सिफारिस