×
Lagani
Lagani Shiksha gif
‘अहिले कम्युनिस्ट मुभमेन्टको विवादरहीत नेता ओलीजी नै हो, उहाँ दोहोरिए राम्रो हुन्छ,’ महन्थ ठाकुर



लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर नेकपा एमालेको दशौं महाधिवेशनमा सहभागी हुन चितवनमा छन् । महाधिवेशन आज नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । महाधिवेशनको एक दिनअघि भरतपुर पुगेका ठाकुरसँग एमालेको महाधिवेशन, आगामी नेतृत्वसँग सहकार्यलगायत विषयमा हामिले कुराकानी गरेका छौ :

एमाले महाधिवेशनमा किन आउनुभयो ?

Lagani Shiksha gif
sharehubapk ‘अहिले कम्युनिस्ट मुभमेन्टको विवादरहीत नेता ओलीजी नै हो, उहाँ दोहोरिए राम्रो हुन्छ,' महन्थ ठाकुर

एउटा त शुभकामना दिन आएको हुँ । शुभकामना आदानप्रदान राजनीतिक संस्कार हो । पार्टीबीच आदान प्रदान हुन्छ । दोस्रो धन्यवाद पनि दिन आएँ ।

धन्यवाद किन ?

किनभने हाम्रा जो माग थिए, मधेसका माग सम्बोधनमा एमालेले अग्रसरता लियो । अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओलीजीले प्रयास गर्नुभयो । संविधान संशोधनको प्रयास, मधेसी नेता कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा फिर्ता (१२ सयमा १४० जना मुक्त) र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रयास, नागरिक ऐन ल्याएको (यद्यपि अदालतले रोकिदियो) र इतिहासमै पहिलोपटक मन्त्रिमण्डलमा ५० प्रतिशतभन्दा बढी मधेसी सहभागिता (त्यो पनि अदालतले रुचाएन) गराएकाले एमालेलाई धन्यवाद पनि दिनेछु ।

ओलीजीले प्रयास गर्नुभयो, केही सफलता पनि भयो । तर, जुन मुख्य मुद्दा थियो गर्न सम्बोधन गर्न नपाउँदै उहाँ जानुभयो ।

एमालेको महाधिवेशनमा शुभकामना दिँदै गर्दा कस्तो नेतृत्व आओस् भन्ने चाहनुहुन्छ ?

एमाले अहिले पनि लार्जेस्ट पार्टी हो । सत्ता उसकै हातमा थियो । दुईतिहाइको थियो । विभिन्न कारणले टुटफुट भयो । सत्ता गयो । अदालतको पनि कृपा रहेन । त्यसकारण हामी चाहन्छौं कि यो महाधिवेशनबाट एमाले अझै मजबुत भएर आओस् भन्ने हाम्रो शुभकामना छ । ओलीजी दोहोरिए राम्रो हुन्छ, हाम्रो शुभकामना छ ।

एमालेको आउने नेतृत्वले राष्ट्रिय राजनीतिमा कस्तो असर पार्छ ?

एमालेको नेतृत्व अहिले जसको हातमा छ त्यो (केपी ओली) कम्युनिस्ट मुभमेन्टको डिस्पुटेड लिडर अर्थात विवादरहीत नेता हो । प्रचण्डजीको त्यो अवस्था छैन । एक समय थियो, उहाँ (प्रचण्ड)को तुलना गौतम बुद्ध र पृथ्वीनारायण शाहसँग गरिन्थ्यो । तर अहिले त्यो स्थिति छैन ।

माधव नेपालजी त साथी-साथी हो । भर्खर छुट्टिएर जानुभएको छ । उहाँ (माधव) आउनु हुन्छ कि आउनुहुन्न थाहा छैन । त्यसकारण अहिले कम्युनिस्ट मुभमेन्टको विवादरहीत नेता ओलीजी नै हो ।

उहाँको भूमिका के हुन्छ राष्ट्रिय राजनीतिमा ?

राष्ट्रिय राजनीतिमा हामीले संकल्प गरेका एजेण्डा अलपत्र छन् । ओलीजीले अगाडि बढाउन प्रयास गर्दा सफल भएन । अहिले राज्य नै अनिर्णयको बन्दी बनेको छ । प्रतिनिधिसभा पनि काम गरिरहेको छैन । सत्ता गठबन्धनमा विभिन्न मतले कार्यपालिका पनि चल्न सकेको छैन ।

अदालतको हालत त अहिले देखिएको छ । कुनै पनि अंग फङ्सनिङ अवस्थामा छैन । सहज अवस्था ल्याउन देशको पहिलो पार्टी बलियो हुनु आवश्यक छ । नेतृत्व पनि बलियो भयो भने भूमिका प्रभावकारी हुन्छ ।

एमालेको अब आउने नेतृत्वसँग साझेदारीसमन्वय र अब आउने चुनावमा गठबन्धनको सम्भावना छ ?

हाम्रो माग मुद्दा अझै सम्बोधन भएको छैन । हाम्रो प्राथमिकता सम्बोधन गरे हुनसक्छ । माग, मुद्दाका आधारमा त्यतिखेरै निर्धारण हुन्छ ।

अन्तिममा एमाले महाधिवेशनमा के शुभकामना दिन चाहनु हुन्छ ?

हाम्रो शुभकामना छ कि यो महाधिवेशनबाट तपाईँको उचाई बढोस् । आकाशभन्दा उचाे होस् । मजबुत भएर आउनुस् । देवताले समुद्र मन्थन गरेका थिए, तपाईँहरु जनमन्थन गरेर आउनुभएको छ, नवरत्न बन्नुस् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस