SPIL 853 -18 NYADI 305.4 -6.6 MFLD85 1050 -20 NTC 980.1 -2.4 NIBD84 1030 -20 SLBBL 958.9 -4.2 VLBS 902.5 -7.5 NADEP 1030 -55 MEL 292 2 GRDBL 743 5 PMHPL 260 -4 LBBL 475 -4.8 RIDI 235 0 NICLBSL 705.5 -7.5 KBLD86 1115 0 SBLD84 1040 19.3 LEC 276.8 -6 MKHC 339 -1 NMB50 10.3 0.05 CZBIL 242 -10 MNBBL 395.8 -0.8 SKBBL 934 -3 SWMF 812 -13 NRM 426.1 -4.9 GBLBS 738 -10 HEI 648 -10 NIBD2082 1099 0 RNLI 495.5 1.5 PRVU 248 -10 CYCL 1540 -7 SJLIC 477 -7.5 MMKJL 543.6 9.6 TRH 1118 -5 LBLD86 1081 -0.2 CFCL 647 27.1 CKHL 632 -8 MLBBL 1635 15 NMFBS 1435 1 H8020 10.2 -0.05 C30MF 9.74 0
×
अन्तिम ओभरमा नामिबियामाथि नेपालको रोमाञ्चक जित।



नेपालले नामिबियामाथि रोमाञ्चक जित हासिल गरेको छ ।

जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले नामिवियालाई ३ रनले पराजित गरेको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएपछि नेपालले ३ रनले खेल जितेको हो ।

अन्तिम ओभरमा नामिबियाका लागि जितका लागि १२ रन आवश्यक रहेकोमा करण केसीले शानदार बलिङ गर्दै एक विकेट लिएर ८ रन मात्र दिदै नेपाललाई जित दिलाएका थिए । नामिबियाका लागि जेजे स्मिथले सर्बाधिक ५० रन बनाएका थिए भने जान फ्राइलिंकले ३७, जान ग्रीनले २१, जेपी कोट्जेले २५ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।    यसअघि नामिबियाविरुद्धको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेलेका थिए । कुशलले ५५ रन बनाएका थिए । त्यस्तै आरिफ सेखले महत्वपूर्ण ३१ रन बनाएका थिए भने गुलशन झाले २६, अनिल शाहले २३, दिपेन्द्र सिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १०, कारण केसीले ७ रन बनाएका थिए । त्यसैगरी नामिबियाका बेन शिन्कोंगोले सर्बाधिक ३ विकेट लिएका थिए भने ज्याक ब्रासेलले २ तथा जान निकोल इटन, रुबेन ट्रम्पेलम्यान र बेर्नार्ड स्कोल्जले एक एक विकेट लिएका थिए ।

यो नेपालको यस सिरिजमा पहिलो जित हो । यो जितपछि नेपालको ३ खेलमा २ अंक रहेको छ । त्यस्तै नामिबियाको भने ३ खेलमा २ अंक रहेको छ ।  अब सिरिजको अर्को खेलमा शनिबार नेपालले नेदरल्याण्डसको सामना गर्ने छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Ganesh Tiwari
Guest
Ganesh Tiwari
March 1, 2024 3:45 pm

Namiviya ko ni 3 khel ma 2 anka ho

SURENDRA THAPA
Guest
SURENDRA THAPA
March 1, 2024 10:29 pm

यश खेल मा नामिबिया को तीन खेल मा 2 अक मात्र छ ।



साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस