×
Lagani
Lagani Shiksha gif
त्रिकोणात्मक टी-२० सिरिज आजदेखि, नेपाल र नामिबिया खेल्दै , यस्तो छ खेल तालिका।



भरतपुर , १५ फागुन । नेपाल, नामिबिया र नेदरल्याण्डसबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि शुरु हुदैँछ ।

सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् । त्रिभुवन विश्वबिधालय खेल मैदान, किर्तिपुरमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुदैँछ ।

Lagani Shiksha gif

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।  नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।

खेल तालिका
– नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार ।
– नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १६ गते बुधबार ।
– नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन १७ गते विहिबार ।
– नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार ।
– नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार ।
– नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार ।

फाइनल, फागुन २२ गते मंगलबार ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस