×
Lagani
Lagani Shiksha gif
लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्न दुई कम्पनीबीच सम्झौता



भरतपुर , १६ माघ । लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ ।

आइपीओ जारी गर्नका लागि सोमबार दुई कम्पनीबीच सम्झौता भएको छ । उक्त सम्झौतामा लक्ष्मी टेक्नो प्लाष्टका तर्फबाट प्रबन्ध निर्देशक अंजनी नन्दन मारु र नेपाल एसबिआई मर्चेन्टका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

Lagani Shiksha gif
sharehubapk लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्न दुई कम्पनीबीच सम्झौता

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम थप गरेर १४ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो । आइपीओ निष्कासनका लागि यस कम्पनीले नेपाल एसबीआई मर्चेन्टलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

लक्ष्मी टेक्नो प्लाष्टले सीपीभीसी÷पीभीसी पाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु, औद्योगीक तथा घरायसी प्रयोजनका प्लाष्टिकका सामानहरु उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस