MBJC 321 -8 KSBBL 448 -3 SMFBS 1505.2 6.2 CIZBD90 1081 1 NICGF2 8.78 -0.02 WNLB 2650 -80 RHPL 364 -5.2 HLBSL 1010 -10 SINDU 667 -6 ICFC 823.9 74.9 CMF1 10.5 -0.2 BFC 625 9.1 FMDBL 758 -0.1 HDL 1423.1 49.1 SBI 482.9 -6 MKHL 493 -6 LLBS 1050 5 MMKJL 543.6 9.6 KKHC 260 -2 GUFL 735 5 PROFL 655 7 EHPL 840 7.9 NMBD87/88 1027 -3 GBBLPO 205 0 IHL 499 -1 TSHL 909 -11 CITY 805 -17 NBLD87 1020 -8 LEC 276.8 -6 VLBS 902.5 -7.5 NABIL 594 3 SGHC 393.6 0.1 RAWA 889 29 SAMAJ 3321.1 1.1 BHDC 583 5.4 EDBL 645 -1.9 GMFBS 1512.1 -16.9 HDHPC 208.8 -4.1 MFLD85 1050 -20 HIDCL 270.7 -4.1
×
भिआइपी कल्चर भत्काउँदा लोकतन्त्रप्रति भरोसा बढेको छः प्रधानमन्त्री



काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिआइपी कल्चर भत्काएर लोकतन्त्रप्रति भरोसा बढाउने कार्यमा महत्वपूर्ण सफलता प्राप्त भएको बताएका छन्।

सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले संसदमा सुरुकै दिन गरेको संकल्प थियो, सुशासन। देशमा एउटा “भिआइपी कल्चर” स्थापित भइरहेको थियो। हाइ प्रोफाइलहरूलाई कानुनले छुनै सक्दैन भन्ने आममनोविज्ञान बनिरहेको थियो। सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, त्रिभुवन विमानस्थलबाट सुनको अवैध आयात लगायतका काण्डमा इतिहासकै सबैभन्दा ठूलो अनुसन्धान र कारवाही गरेपछि जनतामा लोकतन्त्रप्रति भरोसा बढेको छ।’

कहिल्यै कानुनले नछुने ठानिएका उच्चपदस्थहरू कानुनको नियन्त्रणमा आएको उल्लेख गर्दै उनले थपे, ‘देशमा पहुँच होइन, विधिको शासन छ भन्ने मान्यता स्थापित गर्न सरकारले कतै कुनै लापरवाही गरेन। यसबाट कानुनको सर्वोच्चतामात्र होइन, लोकतन्त्रकै सर्वोच्चता पनि स्थापित भएको छ। यसलाई मैले लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण भनेको छु।’

यो क्रम निरन्तर जारी रहने जानकारी दिंदै प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी र सहकारीका ठगहरू पनि राज्यको नियन्त्रणमा आइरहेको बताए। ‘वर्षौंदेखिको विकृति र बेथितिको चक्र भत्काउन सरकार उत्तिकै प्रतिवद्ध छ। एनसेलको शेयर बिक्रीबारे जानकारी पाएलगत्तै अत्यन्तै संवेदनशीलताका साथ यो विषयलाई लिँदै छानविन तथा अध्ययन समितिमार्फत राष्ट्रिय हितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘समितिले छानविन तथा अध्ययनको काम अघि बढाइरहेको कुरा यहाँहरूलाई अवगत नै छ।’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस