×
नेप्से ओरालो लागेपनि यी कम्पनीका लगानीकर्ता भने मालामाल , हेर्नुहोस कसले कति कमाए ?



कारोबार हुने हप्ताको तेस्रो दिन आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ ।

सोमबार करिब ८ अंक बढेर बन्द भएको नेप्से, यस दिन ३२.२९ अंक बढेर २७३३.१४ विन्दुमा झरेको छ। खरिदबिक्री रकम भने अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ । हिजो ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६ सय २७ रूपैयाँ बराबरको कारोबार भएकोमा आज ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५ सय ७८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।Screenshot 2021 11 23 152518 नेप्से ओरालो लागेपनि यी कम्पनीका लगानीकर्ता भने मालामाल , हेर्नुहोस कसले कति कमाए ?

यस दिन सेन्सेटिभ इण्डेक्स ३.९८ अंक, फ्लोट इण्डेक्स २.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१ अंक घटेको छ।  कूल २२७ वटा कम्पनीको ७४ लाख ४८ हजार ३ सय ६६ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज अन्य उपसमूहको सेयर बढेको छ भने बाँकी १२ उपसमूहको सेयर घटेको छ । आज सबैभन्दा धेरै हाइड्रोपावर समूहको सेयर घटेको छ ।

४१ करोड ५७ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेसनल हाइड्रोपावर र महालक्ष्मी विकास बैंक परेका छन् । Screenshot 2021 11 23 152636 नेप्से ओरालो लागेपनि यी कम्पनीका लगानीकर्ता भने मालामाल , हेर्नुहोस कसले कति कमाए ?

नेप्से सूचक घटेपनि यस दिन मानुषी लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १८० रुपैयाँ ९० पैसा बढेर १ हजार ९९० रुपैयाँ १० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी नेपाल दूरसञ्चार कम्पनी र गणपति माइक्रोफाइनान्सको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ।

TOP GAINERS नेप्से ओरालो लागेपनि यी कम्पनीका लगानीकर्ता भने मालामाल , हेर्नुहोस कसले कति कमाए ?

आज आइसिएफसि फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । भने एनआईबिएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

TOP LOSERS नेप्से ओरालो लागेपनि यी कम्पनीका लगानीकर्ता भने मालामाल , हेर्नुहोस कसले कति कमाए ?

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस