×
Lagani
Lagani Shiksha gif
साबधान : भाइमसलामा हुनसक्छ कुहिएका खानेकुरा र म्याद गुज्रिएका चकलेट।



धादिङका बजारमा बिक्री भइरहेका भाइमसलाका ‘प्याकेट’मा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ ।

बजारका खुद्रा तथा थोक पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रिएका सामग्री फेला परेको हो । व्यापारीले बिक्रीका लागि राम्रो देखाएर तयार पारेको भाइमसलाका प्याकेटमा म्याद सकिएका र गुणस्तरहीन चकलेट, चोकोपाइ, र बिस्कुट फेला परेको बजार अनुगमन समितिका संयोजक एवं धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।

Lagani Shiksha gif
sharehubapk साबधान : भाइमसलामा हुनसक्छ कुहिएका खानेकुरा र म्याद गुज्रिएका चकलेट।

तिहारलक्षित बजार अनुगमनको क्रममा व्यापारीले आफैँ तयार गरी बिक्रीका पसलमा पुर्‍याएको विभिन्न किसिमका भाइमसलाका ‘प्याकेट’मा म्याद सकिएका गुणस्तरहीन खानेकुरा भेटिएपछि यस्ता खाद्य सामग्री बिक्री नगर्न सचेत गरिएको उनले बताए ।

“तिहारमा प्रयोग हुने भाइमसलामा म्याद गुज्रिएका चकलेट, किसमिस, काजु, सुपारी लगायतका सामग्री फेला परेको छ”, उनले भने, “सचेत गराउँदा अटेर गरेर बिक्री गरेको पाइए सर्वसाधारणको स्वस्थ्यमा असर पुग्ने सामग्रीको प्रयोग गरेको अभियोगमा कारबाही गर्नेछौँ ।”

व्यापारको मौका छोपेर व्यापारीले गुणस्तरहीन सामान हालेर महँगोमा भाइमसला बनाएर बिक्री गर्न थालेको पाइएपछि जिल्लामा अनुगमनमा कडाइ गरिएको छ ।

व्यापारीले त्यस्ता सामान किनबेच गर्दा बिलसमेत लिने दिने नगरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले बताए । विभिन्न किसिमका सामान जम्मा गरेर आफैँले प्याकिङ गरिरहेको समेत फेला परेको उनले जानकारी दिए ।

तिहारलक्षित भाइमसलाका सामान सदरमुकामका होलसेल पसलबाट गाउँगाउँमा समेत सप्लाइ भइसकेको हुनसक्ने भएकाले उपभोक्ता आफैँ सचेत रहन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस