NICA 452 -13 CMF2 9.21 -0.1 BNHC 466.9 0.7 MFLD85 1050 -20 CCBD88 1123.1 6.1 SONA 473.2 -7.8 JFL 655 6 SMB 1809 4 KBSH 2386 -9 SHPC 525 -3.9 HEI 648 -10 NMLBBL 769 -11 SHINE 473 -1.8 PRSF 9.54 -0.11 SADBL 419 -1 NICAD8283 1169.8 86.8 CLI 634 -4.9 SJCL 326 -3.7 SEF 9.51 -0.24 SMH 1064.8 5.9 NIBLSTF 8.68 0 SAGF 9.31 0.01 MSHL 938 3 NMB50 10.3 0.05 NLICL 606 -4 USHEC 523 -7 MCHL 488.3 -3.7 NLO 242.1 0 CMF1 10.5 -0.2 SDBD87 1035 4 NLG 1317 2 TRH 1118 -5 KBL 234 -6.9 CYCL 1540 -7 GBBL 447 -6 CKHL 632 -8 PHCL 465.1 -9.9 SHLB 1886.9 1.9 BFC 625 9.1 GHL 218.5 -1.1
×
आज खण्डग्रास चन्द्रग्रहण लाग्दै, यो समयमा के के गर्न हुन्छ? के के गर्न हुँदैन?



आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति १ बजेर १९ मिनेटमा सुरु हुने ग्रहण २ बजेर ३८ मिनेटमा मोक्ष हुने जनाएको छ । समितिका अनुसार चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि सुरु हुनेछ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए ।

ग्रहणको समयमा बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ।

यस्तै, ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ।

ग्रहणका समयमा नित्य कर्ममा कुनै बाधा नहुने समितिले जनाएको छ । २०८० सालमा यो एउटामात्रै ग्रहण भएको समितिले बताएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस