HURJA 220 -4.6 SKBBL 934 -3 PHCL 465.1 -9.9 NMB 263.9 -7.1 CFCL 647 27.1 PMHPL 260 -4 RFPL 532 11.1 PPL 461 -2.5 MEHL 380.1 -19.9 HPPL 316.3 -3.6 CHCL 568.9 -8.1 SBID83 1098 8.7 PBD88 1102.1 2.1 NIBSF2 8.9 0.08 BGWT 934.9 -21.1 NYADI 305.4 -6.6 HEI 648 -10 NSIF2 10.52 0.02 MMF1 8.98 0.1 BPCL 449 -7 LBLD86 1081 -0.2 SMH 1064.8 5.9 NLICL 606 -4 SLCF 9.21 -0.1 TPC 465 6 SPIL 853 -18 PMLI 562 1 SHINE 473 -1.8 MKHC 339 -1 SBLD89 1200 16.1 HHL 439 -3.2 MLBSL 2000 -26 SGHC 393.6 0.1 MFIL 768 48 SONA 473.2 -7.8 VLBS 902.5 -7.5 NBF2 9.15 -0.05 VLUCL 588 -1.9 BHPL 655.1 -12.7 BOKD86 1040 18
×
प्रतिकोलो ३ सय सम्म घट्यो च्याङ्ग्रा र खसीको मूल्य।



भक्तपुरको सल्लाघारीमा दशैंका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यपारीले मूल्य घटाएका छन् ।

दशैंका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौं , काभ्रेपलाञ्चोकदेखिका उपभोक्ताको भीड लागे पनि अपेक्षित रुपमा बिक्री कम भएपछि व्यापारीले आजबाट मूल्य घटाएका हुन् ।

दशैंको विजयादशमी सकिएपछि व्यापारीले मूल्य घटाएका हुन् । दशैंको लागि मुस्ताङ हुँदै ल्याइएको च्याङ्ग्रा आजबाट किलोमा रु दुई सय ५० घटाएको उनले बताए। यहाँका सबै व्यापारीको सल्लाहअनुसार नै च्याङ्ग्राको मूल्य घटाएर प्रतिकिलो एक हजार १०० मा बिक्री गरेको व्यापारी खड्काले बताए।

बझाङबाट ल्याइएको नेपाली च्याङ्ग्रा प्रतिकिलो रु ९०० मा बिक्री भइरहेको र चिनियाँ च्याङ्ग्रा प्रतिकिलो रु एक हजार १०० मा बिक्री भइरहेको जानकारी उनले दिए । अर्का च्याङ्ग्रा व्यापारी उत्तम खड्गीले मुस्ताङमै च्याङ्ग्रा महँगो तिर्नु परेकाले यसवर्ष मूल्य बढेको भए पनि आजबाट मूल्य घटाएको बताए । उनले भने, “चीनबाट ल्याइएको च्याङ्ग्रा नेपाली व्यापारीले मुस्ताङबाट खरिद गर्दा किलोमा नभइ प्रति गोटा रु ३५ हजारदेखि ४० हजारसम्म तिुर्न परेकाले यसवर्ष च्याङ्ग्रा महँगो भएको हो ।”

अर्का व्यापारी रमेश खड्काले च्याङ्ग्राको मूल्य घटेको र भेडा पनि मूल्य घटाएर प्रतिकिलो रु ६५० मा बिक्री गरेको बताए । अर्का च्याङ्ग्रा व्यापारी कुलबहादुर श्रेष्ठले पशु स्वास्थ्य चिकित्सकबाट भेडा च्याङ्ग्राको परीक्षण गरेर ल्याएको बताए ।

च्याङ्ग्रा तयारी मासुको मूल्य पनि घटेको छ । सल्लाघारीको चौरमा तयारी च्याङ्ग्राको मासु प्रतिकिलो दुई हजार ८०० मा व्यापारीले बिक्री गर्दै आए पनि आजबाट दुई हजार ५०० मा बिक्री गर्न थालेको व्यापारीले बताएका छन् । उता सल्लाघारीमा खसीको मूल्य पनि घटेको छ । व्यापारीहरुले खसी आजबाट प्रतिकिलो रु ६०० मा बिक्री गर्न थालेका छन् । यसवर्ष यहाँ करिब दुई हजार खसी, दुई हजार भेडा, च्याङ्ग्रा ल्याइएको व्यापारीले बताएका छन ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस