×
दीपेन्द्रको विस्फोटक ब्याटिङको मद्दतमा नेपाल ५ विकेटले विजयी।



त्रिकोणात्मक टी–२० आई क्रिकेट सिरिजअन्तर्गत यूएईविरुद्धको खेल नेपालले जितेको छ।

यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपालले अन्तिम ओभरमा ५ विकेटले जित हासिल गरेको हो। असिफ सेखको अर्धसतक  र दिपेन्द्र सिंह ऎरी चम्किदा नेपालले सहजै जित हासिल गरेको हो।

पहिलो विकेटका रुपमा नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेल १ बनाएर आउट भएका छन्। यस्तै, सोमपाल कामी २ र कुशल मल्ल शून्य रनमा आउट भएका थिए भने कप्तान रोहित पौडेल ४७ रन बनाएर आउट भए ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन बनाएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस