AVYAN 909 -6 NHDL 570 0 AKJCL 209 -3 MLBBL 1635 15 SONA 473.2 -7.8 PPCL 262 -5.2 SNMAPO 190 0 SICL 832 0 CZBIL 242 -10 NMFBS 1435 1 HIDCL 270.7 -4.1 GBBLPO 205 0 SHLB 1886.9 1.9 IGI 600 -4 EBLD86 1040 -2 VLBS 902.5 -7.5 NMBD87/88 1027 -3 NICAD8283 1169.8 86.8 SBLD84 1040 19.3 PROFL 655 7 SRLI 443.1 -4.9 CMF2 9.21 -0.1 SFMF 10.2 -0.2 NYADI 305.4 -6.6 BOKD86 1040 18 IHL 499 -1 SINDU 667 -6 CMF1 10.5 -0.2 MEHL 380.1 -19.9 LSL 253.5 -5.5 RHPL 364 -5.2 KBLD86 1115 0 SHL 512 -4.5 LBLD86 1081 -0.2 NLICL 606 -4 EBL 605 5 NICD83/84 1062 -19 NICLBSL 705.5 -7.5 MSHL 938 3 EBLD85 1105 5
×
नेपालको विजयी सुरुवात : कप्तान पौडेलको अर्धशतक र ऐरीको सानदार पारि।



त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले पाहुना टोली युएईलाई ७ विकेटले पराजित गरेको हो । युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकिय पारी खेले । उनले ४० बलमा ५ चौकाको मद्धतमा ५१ रन बनाए ।उनलाई राम्रो साथ दिएका दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाए।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १४ र २३ रनको योगदान गरे । कुशल मल्ल ९ रन बनाउँदै रनआउट हुन पुगे ।  युएईका लागि निलांस केसवानी र अली नसीरले समान एक/एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ थालेको युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

युएईका लागि कप्तान मोहम्मद वसीमले १७ रन बनाउँदा अलिशान शराफुले ६ रन जोडे । यस्तै, अली नसीरले ३२ रन, बासिल हमिदले ५१ रन, आसिफ खानले १५ रन बनाए । संचित शर्माले २ रन र निलांस केसवानीले ४ रन जोड्दा खालिद शाह र मोहम्मद फराजुद्दीन भने शुन्य रनमै आउट भए ।

नेपालका लागि करण केसीले तीन विकेट, गुलसन झाले दुई विकेट लिँदा सोमपाल कामी र अविनाश बोहराले एक-एक विकेट लिए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
    सिफारिस