×
Lagani
Lagani Shiksha gif
भारतले नेपाललाई दियो २ सय ३ रनको लक्ष्य, जैसवालको सानदार सतक।



चीनमा जारी १९ औं एसियाली खेलकुदमा आज भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ।

झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजीको क्रिकेट फिल्डमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले नेपाललाई सो लक्ष्य दिएको हो। भारतका लागि यशस्वी जैशवालले शतक प्रहार गरे। यस्तै रिंकु सिंह ३७ रन र शिवम् दुवे २५ बलमा नटआउट रहे। भारतका कप्तान रुतुराज गायकवाडलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरे।

Lagani Shiksha gif

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा सोमपाल कामी, सन्दीप लामिछानेले समान १-१ विकेट लिएका छन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । करण केसी प्लेइङ ११ मा फर्किँदा विनोद भण्डारी बेन्चमा छन् ।

नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति बिश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस