CYCL 1540 -7 NYADI 305.4 -6.6 GLH 244 -2 MATRI 1405 -8 NIBD84 1030 -20 BGWT 934.9 -21.1 NBBD2085 1100 0 NICBF 9.3 -0.08 MND84/85 1030 2 NBL 292.2 1.2 UMHL 308 -4 KDL 1059 16 SBD87 1048 11.9 SWBBL 1065 2.1 MKCL 1497 -26 MHNL 265.5 -0.5 NTC 980.1 -2.4 PMHPL 260 -4 CMF1 10.5 -0.2 VLBS 902.5 -7.5 BHPL 655.1 -12.7 CGH 909 -5 ULBSL 3199 37 TVCL 461 1 SONA 473.2 -7.8 PBD84 1065 1.7 UHEWA 476 -11 CBBL 980 1 SAGF 9.31 0.01 GBLBS 738 -10 NMFBS 1435 1 RBCLPO 12300 88 SHPC 525 -3.9 GILB 1268.4 4.4 SAMAJ 3321.1 1.1 NICD88 1032 -21 KEF 9 0.28 RMF1 9.15 -0.1 GFCL 1051.1 6 SJLIC 477 -7.5
×
भारतले नेपाललाई दियो २ सय ३ रनको लक्ष्य, जैसवालको सानदार सतक।



चीनमा जारी १९ औं एसियाली खेलकुदमा आज भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ।

झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजीको क्रिकेट फिल्डमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले नेपाललाई सो लक्ष्य दिएको हो। भारतका लागि यशस्वी जैशवालले शतक प्रहार गरे। यस्तै रिंकु सिंह ३७ रन र शिवम् दुवे २५ बलमा नटआउट रहे। भारतका कप्तान रुतुराज गायकवाडलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरे।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा सोमपाल कामी, सन्दीप लामिछानेले समान १-१ विकेट लिएका छन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । करण केसी प्लेइङ ११ मा फर्किँदा विनोद भण्डारी बेन्चमा छन् ।

नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियासँग भएको खेलमा नेपालले झन्डै दर्जन जति बिश्व किर्तिमान र राष्ट्रिय किर्तिमान कायम गरेको थियो, जसले क्रिकेटको संसारमा नेपाल एक जबर्जस्त उदयीमान टिमको रूपमा देखा परेको छ ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस