×
Lagani
Lagani Shiksha gif
पत्ता लाग्याे आठौं महादेश, जारी गरियाे नक्सा र राखियाे नाम ‘जिल्यान्डिया’



लगभग ३७५ वर्ष पछि भू वैज्ञानिकहरूले एक महाद्वीप पत्ता लगाएका छन्, जुन अहिलेसम्म संसारबाट लुकेको थियो।

यस पछि भन्न थालिएको छ कि संसारमा सात होइन, आठ महादेश छन्। वास्तवमा, वैज्ञानिकहरूले अब आठौं महाद्वीपको बारेमा पत्ता लगाएका छन्। यस महादेशको नाम जिल्यान्डिया हो, जुन करिब ९४ प्रतिशत समुन्द्र मुनि रहेको छ । जसको भु–भागको ६ प्रतिशत मात्रै पानी बाहिर छ, जसमा न्युजिल्याण्ड र साना टापुहरू रहेका छन्।

Lagani Shiksha gif
sharehubapk पत्ता लाग्याे आठौं महादेश, जारी गरियाे नक्सा र राखियाे नाम ‘जिल्यान्डिया’

बीबीसीका अनुसार वैज्ञानिकहरूले जिल्यान्डिया महादेशको नयाँ नक्सा जारी गरेका छन्। यो नयाँ महाद्वीप पत्ता लगाउने वैज्ञानिकहरूले भनेका छन् कि यो महाद्वीप गोन्डवाना नामक महाद्वीपको हिस्सा थियो। जील्याण्डिया लगभग १०.५ करोड वर्ष पहिले गोन्डवानाबाट अलग भएको थियो। एसिया, अफ्रिका, युरोप, उत्तर र दक्षिण अमेरिका, अष्ट्रेलिया र अन्टार्कटिका पछि यो नयाँ खोजले मानिसहरूलाई रोमाञ्चित बनाएको छ।

समाचार अनुसार जिल्यान्डिया १.८९ मिलियन वर्ग माइल (४.९ मिलियन वर्ग किलोमिटर) को विशाल महादेश हो, जुन माडागास्कर भन्दा झण्डै ६ गुणा ठूलो छ। सन् २०१७ मा मात्रै यो पत्ता लागेको थियो तर यसपटक भने वैज्ञानिकहरूले यसको नयाँ नक्सा सार्वजनिक गरेका हुन । वास्तवमा २०१७ मा भूवैज्ञानिकहरूको समूहले यो आठौं महाद्वीपको घोषणा गर्दा चर्चामा आएको थियो  ।

‘यो धेरै स्पष्ट कुरा पत्ता लगाउन कति समय लाग्न सक्छ भन्ने एउटा उदाहरण हो,’ न्यूजील्याण्ड क्राउन रिसर्च इन्स्टिच्युट जीएनएस साइन्सका भूवैज्ञानिक एन्डी टुलोचले भने । उनी जिल्यान्डिया पत्ता लगाउने टोलीका सदस्य हुन । वैज्ञानिकहरू भन्छन् कि जिल्यान्डिया अध्ययन गर्न सधैं गाह्रो छ र भयो । वैज्ञानिकहरूले अहिले समुन्द्री सतहबाट ल्याइएको चट्टानको नमूनाहरू अध्ययन गरिरहेका छन्। जसका कारण अझै धेरै खुलासा हुने अपेक्षा गरिएको छ ।

जानकारी होस कि यो महाद्वीप पहिलो पटक सन् १६४२ मा डच नाविक एबेल टास्मानले पत्ता लगाएका थिए। यद्यपि उनी यस महाद्वीपमा पुग्न सकेनन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस