


१९ औं एसियाली खेलकुद अन्तर्गत टी–२० आईमा मंगोलियाविरुद्ध नेपालले कीर्तिमान कायम गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले राम्रो सुरुवात गरेको थियो। मंगोलियाको खराब बलिङ्ग र फ़िल्डिङ्गको फाइदा उठाउदै नेपालले मंगोलियालाई ३ सय १५रनको लक्ष्य दिएको हो। यसअघि यो कीर्तिमान अफगानस्थानको नाममा रहेको थियो। अफगानस्थाले २० ओभरमा २ सय ७८ रनको लक्ष्य दिएर कीर्तिमान कायम गरेको थियो।
नेपालका लागि कुशल भुर्तेलले १९ , असिफले १६ , रोहित पौडेलले ६१ , कुशल मल्लले १ सय ३७ र दिपेन्द्रले ५२ रन बनाएका छन्।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted