MND84/85 1030 2 KBLD89 1156 1 NICA 452 -13 GBIME 256.1 -4.4 KBL 234 -6.9 ANLB 4453.1 47 MKJC 467.9 -1 LVF2 9 0 GVL 538.5 -22 BHL 440 -13 FOWAD 1479 0 NICL 990.2 -4.8 PHCL 465.1 -9.9 UNL 48870 -930 ACLBSL 1035 0 SBID83 1098 8.7 NIBD2082 1099 0 MLBS 1532.3 -86.7 UPCL 262.2 -2.7 SPHL 666.9 16.9 RSDC 735 0 EDBL 645 -1.9 NSIF2 10.52 0.02 KBSH 2386 -9 HURJA 220 -4.6 NHDL 570 0 NICBF 9.3 -0.08 MAKAR 500 6 KMCDB 1027.8 -11.1 LUK 9.21 -0.09 CMF1 10.5 -0.2 MKHC 339 -1 RURU 740 -9.8 NBLD85 1025 0 RADHI 397.9 7.9 CFCL 647 27.1 CIT 2195 0 RNLI 495.5 1.5 TAMOR 482.9 -2.1 SWMF 812 -13
×
सिटिजन लाइफको आईपीओ बाँडफाँट हुँदै , ६ लाख बढीको हात खालि हुने।



सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँट हुने भएको छ।

कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा विक्री गरेको आईपीओ आज दिउँसो २ बजे विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट हुने भएको हो। कम्पनीको आईपीओमा १५ लाखभन्दा बढीको आवेदन परेको हुदा भाग्यमानी ९ लाख लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट १०-१० कित्ताका दरले कम्पनीको आईपीओ प्राप्त गर्नेछन् भने ६ लाखभन्दा बढी आवेदकहरूको हात भने खाली हुने देखिएको छ ।

कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ विक्री गरेको थियो  ।  १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले कर्मचारीमा प्रतिशेयर १०० रुपैयाँमा ५ लाख ६२ हजार ५०० कित्ता आईपीओ विक्री बाँडफाँट गरिसकेको छ ।

यसका साथै १ करोड ६ लाख ८७ हजार ५०० कित्ता आईपीओमध्ये ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि समेत बाँडफाँट गरिएको छ ।

यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्स्योरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस