AKPL 248.5 -2.5 JSLBB 1513.9 38.9 KDL 1059 16 FOWAD 1479 0 ALBSL 1040 -4 SWBBL 1065 2.1 PBD85 1079.9 19.9 BHL 440 -13 SCB 691.1 3.6 HRL 861 -4 NIMB 241.9 -9.1 RADHI 397.9 7.9 BHPL 655.1 -12.7 PHCL 465.1 -9.9 SNMAPO 190 0 UHEWA 476 -11 AHL 651 2 NIBLGF 9.1 0.38 SFMF 10.2 -0.2 AVYAN 909 -6 SAGF 9.31 0.01 HURJA 220 -4.6 NGPL 472 -2.9 CYCL 1540 -7 CZBIL 242 -10 NICBF 9.3 -0.08 TPC 465 6 RHGCL 388 0 ANLB 4453.1 47 NUBL 730 2.8 SICL 832 0 MND84/85 1030 2 NWCL 975 -13.9 MSLB 1564 -70 KSBBL 448 -3 TVCL 461 1 BEDC 470 0 GILB 1268.4 4.4 NIL 912 8 SADBL 419 -1
×
आजदेखि खुल्यो भिजन लुम्बिनी उर्जा कम्पनीको आईपियो , कति दिने आवेदन ?



भिजन लुम्बिनी उर्जा कम्पनीले आज (भदौ १९ गते) देखि आइपीओ बिक्री खुला गरेको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो। यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख २५ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा ल्याएको हो। यसआधारमा १ सय अंकित मूल्यमा १९ लाख १२ हजार ५ सय कित्ता सेयरमा स्थानीयले आवेदन दिन सक्नेछन्।

कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नम्बर १९ का स्थानीय बासिन्दालाई निष्कासन गरेको हो।

यता, कम्पनीको सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ९१ हजार २५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्।

यसमा स्थानीय  समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम १९  हजार १२० कित्तासम्म आवेदन दिन सक्नेछन्। यस कम्पनीको आइपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । यद्यपी, स्थानीयले भने सो अवधिसम्ममा पूर्णआवेदन नपरेमा असोज १७ गतेसम्म आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘आइएरएन डबल बी माइनस’ प्रदान गरेको छ।

स्थानीयले सेती नदी जलविद्युत आयोजना स्थल, माछापुच्छ्रे  गाउँपालिका, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय र नेपाल फाइनान्स माछापुच्छ्रे  गाउँपालिका भुजुङ्गखोला शाखाबाट आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस