एक अर्बको ऋणपत्र जारी गर्न गरिमा विकास बैंकलाई धितोपत्र बोर्डको अनुमति

गरिमा विकास बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बैंकले प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।बैंकले जारी गर्ने सात वर्ष अवधिको गरिमा डिबेञ्चर-२०८५ मा लगानी गर्ने लगानीकर्ताले वार्षिक आठ दशमलव ७५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् ।

यसमध्ये चार लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । बाँकी छ लाख कित्ता भने बैंकले स्वेच्छाले अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।