NUBL 730 2.8 NIBD2082 1099 0 GMFIL 623 1 C30MF 9.74 0 MFIL 768 48 SAPDBL 569.6 -7.4 BOKD86 1040 18 NMFBS 1435 1 NIBSF2 8.9 0.08 BARUN 379 -6.1 CORBL 958.8 -10.2 SPL 813 -12.1 DLBS 1374 30 SLBSL 1398.4 21.4 MND84/85 1030 2 JFL 655 6 BGWT 934.9 -21.1 HRL 861 -4 STC 5908 9 SHLB 1886.9 1.9 SARBTM 765 -5 SJCL 326 -3.7 EDBL 645 -1.9 TSHL 909 -11 BNT 14350 -50 NICA 452 -13 NICD88 1032 -21 GUFL 735 5 SMHL 613.1 -4 NIMB 241.9 -9.1 GBBLPO 205 0 JOSHI 305 -6.8 KBLD86 1115 0 UNL 48870 -930 SRLI 443.1 -4.9 UMRH 475 -1.9 GFCL 1051.1 6 RMF2 9.21 -0.13 NMLBBL 769 -11 GBBL 447 -6
×
थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न।



थ्रीस्टार हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँट भएको छ ।

यसमा गोलाप्रथामार्फत कुल ६१ हजार ३१६ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । उनीहरुमध्ये २ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । यो आईपीओमा कुल १० लाख २४ हजार ४६ जनाले आवेदन दिएकामा २ हजार ८४८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म ६ लाख १३ हजार १६२ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । कम्पनीले यसअघि ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन आयोजना प्रभावित स्थानीयलाई बाँडफाँट गरेको थियो ।

साथै, कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याइएको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस