चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।
इच्छाकामना गाउँपालिका १ र ३ को गणनामा २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन्। एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत पाउँदा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन्। इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन् ।
इच्छाकामनामा कुल ९४४४ मत खसेको थियो।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted