PRVU 248 -10 SAHAS 505 28 MKHL 493 -6 MLBL 398 -6.9 SARBTM 765 -5 CLI 634 -4.9 NFS 1350 -43 BEDC 470 0 GRDBL 743 5 SGHC 393.6 0.1 ILI 483.5 -2.5 SBLD89 1200 16.1 SFMF 10.2 -0.2 EBLD86 1040 -2 RLFL 625 6.9 PSF 9.51 -0.09 NADEP 1030 -55 NRIC 803 -5 MLBSL 2000 -26 SBI 482.9 -6 LVF2 9 0 SJCL 326 -3.7 VLUCL 588 -1.9 SBCF 9 -0.2 KDL 1059 16 NGPL 472 -2.9 SEF 9.51 -0.24 LLBS 1050 5 SKBBL 934 -3 SMB 1809 4 NMB 263.9 -7.1 RHGCL 388 0 FMDBL 758 -0.1 GMFBS 1512.1 -16.9 NYADI 305.4 -6.6 GCIL 498 -5.8 MPFL 751 5 CITY 805 -17 GBLBS 738 -10 SMFBS 1505.2 6.2
×
नक्कली मतपत्र सहित जसपाका नेता रामसागर यादव पक्राउ



बाराको क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचनमा जसपाका नेता नक्कली मतपत्रसहित पक्राउ परेका छन् ।

बाराको देवताल गाउँपालिका- ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन् । मतदान गर्ने बेला नक्कली मतपत्र समेत खसाल्दै गर्दा उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।

यसैबीच, बारा- २ का एमाले उम्मेद्वार पुरुषोत्तम पौडेलले  बारा २ मा मतदातालाई प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन् । उनले आफूले  विभिन्न स्थानमा यस्तो प्रयास भएको जानकारी आएको बताएका हुन् ।

तर, मतदाताले एमालेलाई मत दिने उनको दाबी छ । ‘मतदानको ट्रेन्ड हेर्दा एमालेको पक्षमा मतदान देखिन्छ । केही स्थानमा मतदातालाई प्रभावित पार्न रकम बाँडिएको सूचना समेत आएको छ । यति हुँदाहुँदै पनि जनताले हामीलाई विश्वास गरेर मत दिन्छन्,’ उनले भने ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस