×
Lagani
Lagani Shiksha gif
सन् २००७ देखि २०२२ सम्म खुलेका फेसबुक अकाउन्टले पैसा पाउने, यसरी दिनुहोस आवेदन।



यदि तपाईंले पनि फेसबुक सन् २००७ देखि सन् २०२२ को डिसेम्बरसम्मको अवधिमा खोल्नुभएको हो भने तपाईंले आफ्नो त्यस्तो फेसबुक अकाउन्टबाट पैसा पाउन सक्नुहुन्छ ।

फेसबुकको मातृ कम्पनी मेटाले केही शर्त राखि यस्ता फेसबुक प्रयोगकर्तालाई रकम दिने भएको छ । कारण हो सन् २०१८ मा फेसबुकमाथि  क्याम्ब्रिज एनालिटिकालाई गलत तरिकाले आफ्ना ८ करोड ७० लाख प्रयोगकर्ताहरुको व्यक्तिगत जानकारी दिएको आरोप। जसको क्षतिपूर्ति  वापत फेसबुकले उक्त रकम प्रदान गर्ने भएको हो।

Lagani Shiksha gif
sharehubapk सन् २००७ देखि २०२२ सम्म खुलेका फेसबुक अकाउन्टले पैसा पाउने, यसरी दिनुहोस आवेदन।

फेसबुकले कूल ७२ करोड ५० लाख डलर क्षतिपूर्ति दिँदैछ। साथै तपाईलेपनि उक्त रकममा हिस्सेदार बन्न सक्नुहुन्छ । उक्त रकम पाउनको लागि अनलाइन देखि आवेदन दिनु पर्ने छ। फेसबुकमाथि डाटा चोरीको यो आरोप सन् २०१८ मा लागेको थियो र सोही विषयमा सन् २०१९ मा कम्पनीमाथि मुद्दा दायर भएको थियो ।

कसरी दिने आवेदन ?

सन् २००७ को मे २४ देखि सन् २०२२ को डिसेम्बर २२ को बीचमा फेसबुकमा खाता खोलेका प्रयोगकर्ताहरुले उक्त रकममा दाबी गर्न यो लिंक देखि आवेदन दिनु पर्ने छ। तर फेसबुकको उक्त रकममा दाबी गर्नका लागि माथि उल्लेखित अवधिमा कुनै समय तपाईं अमेरिकामा पुगेको हुनुपर्नेछ । यदि तपाईं त्यस अवधिमा कहिल्यै पनि अमेरिका जानुभएको छैन भने आवेदनका लागि अयोग्य हुनु हुनेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
123
Guest
123
April 21, 2023 10:34 am

hacker chor haru



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस