युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स बीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ ।
मर्जरका लागि शुक्रवार अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको अजोड इन्स्योरेन्सले जनाएको छ। पुस २६ गते प्रभु इन्स्योरेन्ससँग अजोड इन्स्योरेन्सको मर्जर सम्झौता तोडिएको थियो र सोहि दिन नै युनाइटेड इन्स्योरेन्ससँग मर्जरका लागि प्रारम्भिक सम्झौता गरेको थियो भने मर्जरका लागि नेपाल बीमा प्राधिकरणले गत पुस २९ गतेनै सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।
युनाइटेड इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७ करोड ९५ लाख ६८ हजार रहेको छ भने अजोड इन्स्योरेन्सको रू. १ अर्ब रहेको छ । अन्तिम सम्झौता अनुसार युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने र शेयर स्वाप रेसियो युनाइटेड र अजोड इस्योरेन्सबीच १०० बराबर ८२.५० हुने सहमति भएको छ ।
नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम यहि चैतभित्र निर्जीवन बीमा कम्पनीले रू. २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीले रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नु हुदा यी कम्पनीले मर्जर प्रक्रियालाई प्राथमिकता दिएका हुन् ।