हिमालयन रि इन्स्योरेन्सको ३ अर्ब बराबरको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

हिमालयन रि इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो। सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति समर्थन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

१० अर्ब रूपैयाँ चुक्ता पुजि रहेको कम्पनीले ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ जारी कुरा चले पनि साधारण सभामा कम्पनीले यसको बारमा खुलाएको छैन  । हिमालयन रि नेपालको दोस्रो पुनर्बीमा कम्पनी हो । कम्पनीले गत असारमा बीमा समितिबाट लाइसेन्स पाएको हो ।

कम्पनीले उक्त आईपीओ निष्काशन गर्नको लागि बिक्रि प्रबन्धक नियुक्त गर्नु पर्ने हुन्छ भने बोर्डमा आवेदन दिनुपर्ने हुन्छ।  त्यसकारण यो आईपीओ  हाल भने निष्कासन हुदैन।

 

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।