×
Lagani
Lagani Shiksha gif
‘प्रचण्ड’विरूद्धको रिट सर्वोच्चमा दर्ता।



प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

माओवादी युद्धकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा मंगलबार प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वाेच्च अदालतथमा रिट दर्ता गरेका हुन् । सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले रिट ०७९ Wo-९४७ नम्बरमा दर्ता भएको मुद्दाको पेशी बिहीबारका लागी तोकिएको जानकारी दिएका छन्।

Lagani Shiksha gif
sharehubapk ‘प्रचण्ड’विरूद्धको रिट सर्वोच्चमा दर्ता।

प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी छानबिन प्रक्रियाअघि बढाउन माग गर्दै ज्ञानेन्द्रराज आरण समेतले रिट दायर गरेका हुन् । सशस्त्र द्वन्द्वकालमा बर्बरतापूर्ण हत्त्या गरिएकाहरुका पक्षमा परमादेश जारी गर्न माग गर्दै प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न आन्तरिम आदेश समेत मागिएको छ ।

१ माघ २०७६ मा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले युद्धमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्‍मा आफूले लिनसक्ने भाषण गरेका थिए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस