SFEF 9.29 0.22 MPFL 751 5 MMKJL 543.6 9.6 BBC 4255 50 SBL 345 -8.1 PHCL 465.1 -9.9 RLFL 625 6.9 PRSF 9.54 -0.11 SHL 512 -4.5 NRIC 803 -5 GCIL 498 -5.8 PROFL 655 7 MSLB 1564 -70 HRL 861 -4 GMFIL 623 1 NICFC 8.97 -0.33 HBLD83 1056.3 0.3 HIDCL 270.7 -4.1 NYADI 305.4 -6.6 TPC 465 6 DDBL 916.2 3.1 STC 5908 9 NBLD85 1025 0 MKHC 339 -1 NESDO 2229 -18 AKPL 248.5 -2.5 SBCF 9 -0.2 SWBBL 1065 2.1 GIBF1 9.69 0.1 NMBD87/88 1027 -3 RMF1 9.15 -0.1 NIMBPO 176.9 -1.1 KDL 1059 16 NBLD87 1020 -8 JSLBB 1513.9 38.9 SNMAPO 190 0 SCBD 1111 6 GLBSL 1600.4 -29.6 PRIN 968 4 SNLI 585.1 -0.9
×
आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन।



आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि १ लाख ६९ हजार ७५५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा विक्री पछि अब ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी १ लाख ६९ हजार ७५५ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो।

आईपीओ खरिद गर्नको लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्ने छन् तर हालको अवस्था हेर्दा १० कित्ता आवेदन दिदानै ठिक हुने देखिन्छ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले मेरो शेयर सफ्वेयर र एप मार्फत पनि आवेदन दिन सक्ने छन्।  हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ता भएको पूँजी ४ करोड २० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात् कम्पनीको चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार रूपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७७/ ७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ४७ लाख ४३ हजार सञ्चित नाफामा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस