×
Lagani
Lagani Shiksha gif
गुराँस लाइफको सेयर मूल्य समायोजन



मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।नेप्सेले इन्स्योरेन्सको पाँच दशमलव ५० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ६१८ रुपैयाँ ०१ पैसा निर्धारण गरेको छ ।

Lagani Shiksha gif

मंगलबार यही समायोजित मूल्यका आधारमा इन्स्योरेन्सको कारोबार खुल्नेछ।नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन (सोमबार) इन्स्योरेन्सको सेयर प्रतिकित्ता ६५२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

त्यस्तै, कम्पनीले  १० मंसिरमा वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन तिनकुने, काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट आयोना हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई पाँच दशमलव ५० प्रतिशत बोनस सेयर  र कर प्रयोजनको लागि शून्य दशमलव २८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० रुपैयाँ छ । पाँच दशमलव ५० प्रतिशतका दरले १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पुँजी दुई अर्ब आठ करोड ७२ लाख ५० हजार रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस