BNHC 466.9 0.7 SMH 1064.8 5.9 LBLD86 1081 -0.2 MSLB 1564 -70 H8020 10.2 -0.05 FMDBL 758 -0.1 CHDC 1684 -35.9 KRBL 613 0 SGHC 393.6 0.1 MLBSL 2000 -26 GCIL 498 -5.8 SWBBL 1065 2.1 SRBLD83 1065 -10 KPCL 493 -0.8 NBF3 9.04 0.17 NYADI 305.4 -6.6 KSY 9.22 -0.19 NGPL 472 -2.9 MKCL 1497 -26 GBBLPO 205 0 SPL 813 -12.1 SJCL 326 -3.7 MNBBL 395.8 -0.8 MBJC 321 -8 GIBF1 9.69 0.1 HRL 861 -4 MPFL 751 5 SFEF 9.29 0.22 BEDC 470 0 NESDO 2229 -18 SICL 832 0 SSHL 215 0.8 HIDCL 270.7 -4.1 GUFL 735 5 SNMAPO 190 0 USHEC 523 -7 JFL 655 6 NABIL 594 3 SMHL 613.1 -4 SBID83 1098 8.7
×
भोलि देखि निष्कासन हुदै अर्को आईपीओ , कति दिने आवेदन ?



सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले माघ ४ गतेदेखि पहिलो चरणमा आईपीओ निष्कासन गर्ने भएको छ ।

पहिलो चरणमा कम्पनीले  आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूका लागि आईपीओ विक्री गर्न लागेको हो ।  कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ३२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि विक्री गर्नेछ भने ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि विक्री गर्न लागेको हो ।

स्थानीयका लागि विक्री गरिने कूल कित्ता शेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा भिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि ४० प्रतिशत अर्थात् १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका बासिन्दाहरूका लागि ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार ५०० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

शेयर खरिद गर्न चाहानेले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने छन्। स्थानीय बासिन्दाहरूका लागि छिटोमा माघ १८ गतेसम्म र ढिलोमा फागुन ४ गतेसम्म आईपीओ विक्री खुला हुनेछ भने  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने माघ १८ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।  स्थानीय वासिन्दाले भने विक्री प्रबन्धकसँगै कम्पनीको कार्यालय, धुम्बाराही, काठमाडौं, आयोजना स्थल ताप्लेजुङ्ग, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सन्राइज बैंकको ताप्लेजुङ्गमा रहेको शाखा कार्यालयमा आवेदन गैर आवेदन दिन सक्ने छन् भने वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  कम्पनीले ताप्लेजुङ्ग जिल्लामा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस