×
Lagani
Lagani Shiksha gif
प्राइम, युनियन र गुराँस लाइफ मर्जरमा जादै , हिमालयन लाइफको नामबाट एकीकृत कारोबार सुरु गर्ने।



३ विमा कम्पनीले मर्जरका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

युनियन लाइफ इन्स्योरेन्स , प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले एकापसमा मर्जरका लागि अन्तिम सम्झौतामा हस्ताक्षर गरेका हुन्। कम्पनीको डीडीए सम्पन्न भई कम्पनीहरु बराबार हैसियतमा एक आपसमा गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भएको हो।  तीन ओटा कम्पनी समान शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने गरी अन्तिम सम्झौता भएको छ ।

Lagani Shiksha gif
sharehubapk प्राइम, युनियन र गुराँस लाइफ मर्जरमा जादै , हिमालयन लाइफको नामबाट एकीकृत कारोबार सुरु गर्ने।

मर्जरपछि उक्त कम्पनीहरुको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु हुने भएको छ। मर्जर पछि कम्पनीको कुल चुक्तापूँजी ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।

यी जीवन बीमा कम्पनीहरूबीच एकआपसमा गाभ्ने/ गाभिने  सम्बन्धमा गत वैशाख २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस