NICAD8283 1169.8 86.8 MBL 255 -4 SIGS3 9.45 0.09 SEF 9.51 -0.24 MBJC 321 -8 BHDC 583 5.4 NICSF 9.5 0.25 NHDL 570 0 SHL 512 -4.5 SMPDA 910 -1 SLBSL 1398.4 21.4 SONA 473.2 -7.8 SPHL 666.9 16.9 SAEF 11.22 0.17 ADBL 367 -11.1 NIFRA 280 -5 KKHC 260 -2 NMFBS 1435 1 NBF2 9.15 -0.05 BEDC 470 0 KDL 1059 16 RHPL 364 -5.2 SHINE 473 -1.8 PRIN 968 4 CIZBD90 1081 1 MHCL 410 -7 BPCL 449 -7 SINDU 667 -6 VLBS 902.5 -7.5 MLBL 398 -6.9 CHCL 568.9 -8.1 NUBL 730 2.8 KMCDB 1027.8 -11.1 MEHL 380.1 -19.9 JBLB 1534 -3 HURJA 220 -4.6 HDHPC 208.8 -4.1 SBD87 1048 11.9 GUFL 735 5 RBCL 17071 -109
×
‘विमानमा समस्या देखिएको बारे पाइलटहरुले पोखरा टावरलाई केही भनेका थिएनन्’



पोखराको नयाँगाउँमा आइतबारदुर्घटनामा परेको यति एयरलाइन्सको एटिआर विमानका पाइलटहरुले विमानमा समस्या देखिएको बारे कुनै जानकारी नगराएको खुलेको छ ।

उक्त विमान क्याप्टेन कमल केसी र अन्जु खतिवडाले उडाइरहेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमै सर्ट फाइनलको क्रम(ल्यान्डिङ गर्ने तयारी)मा रहेको बेलामा विमान दुर्घटनामा परेको हो ।

‘पाइलटहरुले पोखरा टावरलाई विमानमा कुनै समस्या देखिएको बारे केही पनि भनेका थिएनन् । उनीहरु ल्यान्डिङकै तयारीमा थियो,’ उक्त दुर्घटनाबारेको ब्रिफिङमा महाप्रबन्धक ठाकुरले भने, ‘शवको प्रकृति हेरेर शवको पोस्टमार्टम काठमाडौंमा गर्ने कि पोखरमा भन्ने निर्णय लिन्छौं ।’

पोखरा टावरको भनाइ अनुसार मौसम बिहानदेखि नै राम्रो नै रहेको र मौसमलाई दोष दिने अवस्था नरहेको उनको भनाइ छ । आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा विमान दुर्घटना भएको थियो । विमानमा ६८ यात्रुसहित ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो । उक्त विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको यो पहिलो घटना हो ।

नागरिक उड्डयन प्राधिकरणद्वारा जारी एभिएसन सेफ्टी रिपोर्ट अनुसार पोखरामा व्यवसायिक उडान अन्तर्गत भएको यो दोस्रो दुर्घटना हो । यसअघि ०५९ भदौ ६ गते सांग्रिला एयरको ट्वीनअटर दुर्घटना हुँदा चालक दलका सदस्यसहित १८ जनाको मृत्यु भएको थियो । इकान्तिपुर बाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस