CYCL 1540 -7 MND84/85 1030 2 SAMAJ 3321.1 1.1 SCBD 1111 6 KRBL 613 0 CHCL 568.9 -8.1 VLUCL 588 -1.9 GHL 218.5 -1.1 DOLTI 538 10 HDHPC 208.8 -4.1 UNL 48870 -930 NLO 242.1 0 HEI 648 -10 SALICO 747 -9.1 BOKD86 1040 18 NMLBBL 769 -11 SANIMA 326 -10.2 CIT 2195 0 PBD85 1079.9 19.9 NLICL 606 -4 DDBL 916.2 3.1 SMPDA 910 -1 LLBS 1050 5 SAPDBL 569.6 -7.4 BBC 4255 50 UMRH 475 -1.9 RBCL 17071 -109 SHINE 473 -1.8 KPCL 493 -0.8 SONA 473.2 -7.8 NFS 1350 -43 EBLD86 1040 -2 HDL 1423.1 49.1 SINDU 667 -6 RLFL 625 6.9 RURU 740 -9.8 SAEF 11.22 0.17 SJLIC 477 -7.5 SRBLD83 1065 -10 NRIC 803 -5
×
युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स बीच मर्जर सम्झौता



प्रभु इन्स्योरेन्ससँगको मर्जर सम्झौता भंग भएपछि अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको छ ।

पुस २६ गते अजोड इन्स्योरेन्सको प्रभु इन्स्योरेन्ससँगको मर्जर सम्झौता भंग भएको थियो। सम्झौता भंग भएपछि सोहि दिन युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको हो ।  मर्जरका विषयमा आवश्यक छलफल गर्नकोलागि युनाइटेड इन्स्योरेन्सले बुधवार वार्षिक साधारण सभा बोलाएको छ। यी दुई कम्पनीबीच डीडीएको आधारमा स्वाप रेसियो तय हुने गरी मर्जर सम्झौता भएको बुझिएको छ ।

प्रभु र अजोड इन्स्यारेन्सबीच गत असार ३२ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएतापनि करीब ६ महिनामा सम्झौता भंग गरेका छन् । हाल अजोड इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब रहेको छ भने युनाइटेड इन्स्योरेन्सको चुक्तापूँजी  रू. १ अर्ब २ करोड ८१ लाख ६० हजार रहेको छ।

युनाइटेड इन्स्योरेन्सले यस वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजीमा रू. ५ करोड १४ लाख ८ हजार थप हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस