NICGF 10.56 -0.28 NBF2 9.15 -0.05 NBBD2085 1100 0 PPL 461 -2.5 SAGF 9.31 0.01 PMLI 562 1 NRN 905 -8 CKHL 632 -8 NICBF 9.3 -0.08 SPHL 666.9 16.9 BBC 4255 50 SHEL 242.9 -4.7 GIBF1 9.69 0.1 LBBL 475 -4.8 RHGCL 388 0 UAIL 639 -1 RMF2 9.21 -0.13 LUK 9.21 -0.09 GFCL 1051.1 6 LBLD86 1081 -0.2 CYCL 1540 -7 SALICO 747 -9.1 PBLD87 1028 -2 MBLD2085 1085 6.5 MKCL 1497 -26 FMDBL 758 -0.1 MMF1 8.98 0.1 HDHPC 208.8 -4.1 CFCL 647 27.1 NIMB 241.9 -9.1 GRDBL 743 5 SMHL 613.1 -4 NWCL 975 -13.9 KMCDB 1027.8 -11.1 CBBL 980 1 SHINE 473 -1.8 NUBL 730 2.8 VLBS 902.5 -7.5 MDB 630 -3.8 KSBBLD87 1093.4 18.4
×
२ सय ६८ जनाले प्रचण्डलाई दिए विश्वासको मत , २ जना विपक्षमा।



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनलाई विश्वासको मत प्राप्त भएको हो ।  प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २६८ मत परेको र विपक्षमा २ मत परेको सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।

योसँगै प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत प्रस्ताव बहुमतले पारित भएको ज्येष्ठ सदस्य राणाले जानकारी दिए ।  उनका अनुसार मतदानमा २७० जना सहभागी भएका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी, जनमतसहितका दलले विश्वासको मत दिएको छ । राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले भने प्रधानमन्त्री प्रचण्डको प्रस्तावको विपक्षमा मत दिए ।

१७ दिनअघि १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिएका हुन् । योसँगै प्रचण्ड नेतृत्वको सरकारविरुद्ध अब दुई वर्ष संसदमा अविश्वासको प्रस्ताव लैजान नपाइने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रचण्डले मंगलबार संसदबाट विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस