×
दोहोरो अंकले बढ्यो सेयर बजार , यी लगानीकर्ता भए मालामाल।



साताको दोस्राे कारोबार दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ ।

आज नेप्से परिसूचकमा ४६.७६ अंकले वृद्धि भई २२११.३८ विन्दुमा पुगेकाे हाे । आज २.१६ प्रतिशतले सेयर बजार बढेको छ। आइतबार सेयर बजारमा २०.५५ अंककाे वृद्धि भएकाे थियो भने पाँच अर्बभन्दा बढीको कारोबार भएको थियो ।

IELTS PTE copy दोहोरो अंकले बढ्यो सेयर बजार , यी लगानीकर्ता भए मालामाल।

सोमबार २५७ कम्पनीको कारोबार हुँदा एक करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयर किनबेच भयाे । यस्तै, पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज रिडी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएकाे छ । यस कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।  यता, वरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी जलविद्युत, जोशी हाइड्रोपावर, हिमालयन उर्जा, युनियन हाइड्राेपावर, सिंगटी हाइड्रो इनर्जी र खप्तड लघुवित्तमा १० प्रतिशतले वृद्धि भएको हो ।

कुल १७३ कम्पनीमा उकलो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ । ६ कम्पनीकाे मूल्य भने स्थिर रहेको छ ।

आज १३ उपसुचकमध्ये होटल तथा पर्यटनबाहेका सबै उपसुचकमा हरियाली छाएको छ

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस