×
Lagani
Lagani Shiksha gif
उपभोक्ता मारमा पर्ने गरि इन्धनमा उच्च नाफा राख्दै आयल निगम !



नेपाल आयल निगमले खाना पकाउने ग्यासबाहेक सबै इन्धनमा उच्च नाफा राखेर बिक्री गर्दा उपभोक्ता मारमा परेका छन्।

निगमले इन्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने बक्यौता र पुरानो ऋण देखाउँदै पेट्रोल, डिजेल, हवाई इन्धनको मूल्य नघटाउँदा उपभोक्ता महँगोमा इन्धन प्रयोग गर्न बाध्य भएका छन् । निगमले पेट्रोलमा प्रतिलिटर १४ रूपैयाँ ६६ पैसा र डिजेलमा ७ रूपैयाँ १८ पैसा नाफा राखेर बिक्री गरिरहेको छ। त्यसैगरी हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ लिटरमा ९९ रूपैयाँ ५३ पैसा र आन्तरिकतर्फ ४८ रूपैयाँ ८१ पैसा नाफा राखेर बिक्री गरिरहेको छ।

Lagani Shiksha gif
sharehubapk उपभोक्ता मारमा पर्ने गरि इन्धनमा उच्च नाफा राख्दै आयल निगम !

यो हिसाबले निगमलाई १५ दिनमा करिब ९९ करोड रूपैयाँ नाफा हुदा पनि निगमले पुरानो घाटा देखाउँदै मूल्य घटाएको छैन। उपभोक्ता हित संरक्षण मञ्चले आयल निगम सञ्चालक समितिका पदाधिकारीहरूविरुद्ध प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएको छ। मञ्चका सचिव जयप्रसाद पौडेलले दर्ता गरेको जाहेरीमा निगमले २० प्रतिशतभन्दा बढी नाफा राखेर इन्धनमा कालोबजारी गरेको मञ्चको आरोप छ।

निगमले आइओसीलाई तिर्न बक्यौता ११ अर्ब रूपैयाँ र सरकारलाई ७ अर्ब रूपैयाँ ऋण तिर्न बाँकी रहेको भन्दै मूल्य घटाउन आनाकानी गर्दै आएको छ।

आइओसीबाट ८५ रूपैयाँ ३५ पैसा प्रतिलिटरमा खरिद गरिएको पेट्रोल करसहित सम्पूर्ण खर्च जोड्दा निगमको लागत १६३ रूपैयाँ ३४ पैसा पर्छ तर निगमले पेट्रोल अहिले १७८ रूपैयाँमा बिक्री गरिरहेको छ। त्यसैगरी  सम्पूर्ण करसहित १६७ रूपैयाँ ८२ पैसामा खरिद गरेको डिजेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री गर्दै आएको छ।

आइओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि निगमले मूल्य समायोजन नगरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस