NLIC 814 -13.4 CHDC 1684 -35.9 RIDI 235 0 HURJA 220 -4.6 MEHL 380.1 -19.9 BOKD86 1040 18 GIBF1 9.69 0.1 CGH 909 -5 MFLD85 1050 -20 TPC 465 6 KPCL 493 -0.8 GBLBS 738 -10 GFCL 1051.1 6 MBLD2085 1085 6.5 LSL 253.5 -5.5 SAGF 9.31 0.01 KSBBLD87 1093.4 18.4 SMB 1809 4 EHPL 840 7.9 ILI 483.5 -2.5 MATRI 1405 -8 CMF1 10.5 -0.2 TAMOR 482.9 -2.1 NLG 1317 2 NBBD2085 1100 0 MKHC 339 -1 UMHL 308 -4 KEF 9 0.28 NLO 242.1 0 SHPC 525 -3.9 JBBL 351 -3.1 UPCL 262.2 -2.7 HRL 861 -4 API 289.5 2.5 RBCL 17071 -109 MAKAR 500 6 BEDC 470 0 CCBD88 1123.1 6.1 VLUCL 588 -1.9 RAWA 889 29
×
‘नांगो गाउँ’ बनाउँदै दीपेन्द्र लामा, दयाहाङ र मिरुनाको जोडी



फिल्म ‘२ नम्बरी’ निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘नांगो गाउँ’को निर्माण घोषणा गरेका छन् ।

लामाकै लेखन तथा निर्देशनमा निर्माण हुने फिल्ममा दयाहाङ राई र मिरुना मगर अनुबन्धित भएका छन् । मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । फिल्ममा जय श्रेष्ठको लगानी रहनेछ । मिरुना र दयाले यसअघि यो वर्षको ब्लक बस्टर फिल्म ‘कबड्डी ४’मा अभिनय गरेका थिए ।

निर्देशक लामाका अनुसार फिल्ममा अन्य कलाकार छनोट चरणमा छन् । उनले फिल्ममा दयासँगै अर्का एकजना अभिनेताको पनि मुख्य भूमिका रहने खुलाए । राजनीतिक कथावस्तुमा आधारित फिल्मको छायांकन चैतबाट सुरु हुनेछ ।

‘यो फिल्ममा हामीले मानव जातिको लाचारीपना, निर्लज्जता र ढोंगप्रति कडा ब्यंग्य गर्ने तयारी गरेका छौं । फिल्ममा दर्शकले हाँस्यरस, प्रेम र कारुणिकताको पनि आनन्द लिन पाउनेछन्,’ उनले भने ।

लामाले यसअघि घामपानी, गोपी, छ माया छपक्कै र २ नम्बरी जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस