×
देउवालाई उम्मेदवारी फिर्ता लिन गगनको आग्रह



कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा उम्मेदवारी दर्ता गराएपछि  महामन्त्री थापाले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताएका छन ।

मंगलबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै थापाले कांग्रेसको भविष्यलाई हेरेर आफूलाई सघाउन सभापति देउवासहित वरिष्ठ नेता र सांसदलाई अपिल गरेका हुन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस