ALICL 714.5 -1.2 CHDC 1684 -35.9 SBLD84 1040 19.3 MHCL 410 -7 API 289.5 2.5 UMHL 308 -4 BNHC 466.9 0.7 SINDU 667 -6 CBBL 980 1 TAMOR 482.9 -2.1 RMF1 9.15 -0.1 SIKLES 707 -3 NICFC 8.97 -0.33 SJCL 326 -3.7 SIGS2 10.05 0 CIZBD86 1060 -10 MBLD2085 1085 6.5 RMF2 9.21 -0.13 KMCDB 1027.8 -11.1 MDB 630 -3.8 SIGS3 9.45 0.09 HIDCLP 183 -2 NICBF 9.3 -0.08 PPL 461 -2.5 KEF 9 0.28 KSY 9.22 -0.19 SADBL 419 -1 BPCL 449 -7 ULHC 390 -7.9 PHCL 465.1 -9.9 KBLD89 1156 1 MMKJL 543.6 9.6 NHDL 570 0 NIMB 241.9 -9.1 SDBD87 1035 4 NGPL 472 -2.9 NICGF 10.56 -0.28 NFS 1350 -43 NICD88 1032 -21 BARUN 379 -6.1
×
यसपटक राष्ट्रिय दल २ वटा थपिए, एकीकृत समाजवादी प्रयासरत



गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेका छ ।

१६५ निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना भइरहेको छ भने समानुपातिक तर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।  हालसम्म सार्वजनिक मतपरिणामअनुसार राष्ट्रिय दलको मान्यता पाउने सातवटा राजनीतिक पार्टी हुने देखिएको छ भने माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी प्रयासरत अवस्थामा छ ।

२०७४ सालमा पाँच राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका थिए भने यसपटक हालसम्मको परिणामअनुसार दुईवटा थपिएर सातवटा दलले राष्ट्रिय दलको मान्यता पाउनेछन् ।

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाउन राजनीतिक दल सम्बन्धी ऐनअनुसार प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिक तर्फ कुल सदर मतको ३ प्रतिशत ‘थ्रेसहोल्ड’ पार गर्नुपर्ने हुन्छ ।

२०७४ सालमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय दलको मान्यता पाएका थिए ।

यसपटक हालसम्मको परिणामअनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी राष्ट्रिय दलको मान्यता पाउने पक्का भइसकेको छ । तर, एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्ने प्रयासमा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस