×
Lagani
Lagani Shiksha gif
वैदेशिक रोजगारीमा रहेकाको लागि खुलेको आईपियोमा बैंक कर्मचारीको रजाई ?



धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका, २०७९ लागू भए संगै विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुले आईपियोमा छुट्टै कोटा पाउने भएका हुन्।

त्यसमा योग्य हुनको लागि साधारण खातालाई रेमिट्यान्स बचत खातामा परिणत गरि छुट्टै सीआअरएन लिनु पर्ने ब्यबस्था रहेको छ। तर अहिले आईपियो जारि भईरहदापनि बैंकहरुले त्यस्तो ब्यबस्था लागु गरिसकेका भने छैनन्। हामीले केहि बैंकसंग बुझ्दा अहिले त्यो प्रणाली बिकास गरिरहेका छौ र १ हप्ता भित्र अनलाइन आवेदन दिन मिल्ने ब्यबस्था गर्छौ भन्ने जवाफ आयो।

Lagani Shiksha gif
sharehubapk वैदेशिक रोजगारीमा रहेकाको लागि खुलेको आईपियोमा बैंक कर्मचारीको रजाई ?

बैंकहरुले खाता परिणत गरि नसक्दा पनि आईपियोमा आवेदन परिरहेको छ । हालको नियम अनुसार खाता परिणत गर्न पनि बैदेशिक रोजगारमा रहेको व्यक्ति स्वयम नै उपस्थित हुनुपर्ने व्यबस्था रहेको छ भने छुट्टै सीआअरएन लिनु पनि पर्छ। तर १ व्यक्तिलाई २ वटा सिआरएन नम्बर दिन मिल्ने सिस्टम बैंकको सिस्टममा नरहेको सानिमा बैंकका ब्रान्च म्यानाजर बताउछन।

अहिले सबै कुराको तयारि पुरा नहुदा पनि आईपियोमा आवेदन परिरहेको छ। हिजो बेलुकाको अपडेट अनुसार २ सय ४२ जनाले उक्त आईपियोमा आवेदन दिएका छन्। यो कसरि सम्भव भयो त् ?

प्राय जस्तो बैंकमा रेमिट्यान्स बचत खाता खोल्नको लागि पासपोर्ट र आफ्नो नाममा रेमिट्यान्स आएको प्रमाण जरुरि पर्छ। त्यसो गर्दा जसले पनि यस्तोखता खोल्न सक्ने भए । पहिलेनै सोहि किसिमको खाता भएकाले अथवा बैंकका कर्मचारीले आफ्नो परिवारको खातालाई त्यस्तो किसिमको खातामा परिणत गरि आवेदन दिएका हुन् सक्छन।

अहिले बैंकमा गैएर खाता परिणत गर्न मिले पनि दोहोरो सीआअरएन लिन मिल्ने अवस्था भने छैन। त्यसो त् विदेशबाट ६ महिनामा कम्तिमा पनि ५० हजार खातामा पठाएको हुनुपर्ने अर्को नियम रहेको छ । धेरैले आफ्नो खातामा भन्दा पनि परिवारको खातामा पैसा पठाउने गर्ने गरेको हुदा यो कुरा अल्लि शंकास्पद देखिन्छ।

किनभने धेरै नेपालीले साधारण बचत खाता खोल्ने हुदा पहिलेनै खाता भएकाले नेपाल आएको बेला खाता त् परिवर्तन गर्न मिल्छ भने दोहोरो सीआअरएन लिन मिल्दैन। अहिलेनै आएर पहिलो पटक खाता खोलेर सीआअरएन लिदा खातामा विदेशबाट ५० हजार पठाएको हुनुपर्ने नियम संग सन्तुष्ट हुन् सक्दैन।

जसले गर्दा बैंकका कर्मचारीको मिलेमत्तोमा या नेपालमानै रहेका नगारिकले गलत तरिका बाट खाता खोलेर आवेदन दिएको हुन् सक्छन। अहिले आईपियोमा आवेदन दिनेहरुको विवरण हेरी छानविन गर्नु जरुरि देखिन्छ। त्यसकारण सम्बन्धित निकायले यो बिषयमा समयमै ध्यान दिनु पर्ने देखिन्छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
Tul Bahadur Rana Magar
Guest
Tul Bahadur Rana Magar
December 3, 2022 6:41 pm

हामी बिदेस मा छौ पहिले हाम्रो पनि CRN खाता छ अब हामिले आरक्षित कोटा को ipo भर्न के के गर्नु पर्छ । र यो CRN का बाट लिने हो। यहि बिदेश बाट कि नेपाल बाट।? कृपया explain गरि दिनु हुन अनुरोध गर्दछु ।



ताजा समाचार
लोकप्रिय
सिफारिस