×
Lagani
Lagani Shiksha gif
गुल्मी १ मा प्रदीप ज्ञवालीलाई हराउदै कांग्रेसका चन्द्र भण्डारी विजयी



गुल्मी १ बाट नेपाली कांग्रेसका उम्मेदवार डा.चन्द्रकान्त भण्डारी विजयी भएका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै भण्डारी विजयी भएका हुन् । गुल्मी १ मा भण्डारी र ज्ञवालीको आलोपालो चलिरहेको छ ।

Lagani Shiksha gif
sharehubapk गुल्मी १ मा प्रदीप ज्ञवालीलाई हराउदै कांग्रेसका चन्द्र भण्डारी विजयी

एमालेको पदाधिकारी पराजित हुने सूचीमा ज्ञवाली पनि थपिएका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्ट पराजित भइसकेका छन् । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट भने विजयी भएका छन् ।

गुल्मी १ बाट पराजित ज्ञवालीले विजयी भण्डारीलाई बधाई तथा शुभकामना दिएका छन् । मतपरिणाम सार्वजनिक भएपछि मतगणनास्थलमा ज्ञवालीले भण्डारीलाई बधाई तथा शुभकामना दिएका थिए । ज्ञवालीले प्रतिकूल परिस्थितिका बाबजुद पनि प्रतिस्पर्धात्मक ढंगले मत ल्याएको र आफूलाई मत दिने सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस