PMHPL 260 -4 MLBS 1532.3 -86.7 HEIP 381.8 20.8 LBLD86 1081 -0.2 GVL 538.5 -22 UNL 48870 -930 NICGF 10.56 -0.28 SJLIC 477 -7.5 MND84/85 1030 2 NICLBSL 705.5 -7.5 NSIF2 10.52 0.02 TPC 465 6 HHL 439 -3.2 JBBL 351 -3.1 GILB 1268.4 4.4 NIMBPO 176.9 -1.1 CCBD88 1123.1 6.1 ALICL 714.5 -1.2 SNLI 585.1 -0.9 MSLB 1564 -70 GBBL 447 -6 HLI 472 -4 TAMOR 482.9 -2.1 AHPC 267 -0.6 SBI 482.9 -6 NMFBS 1435 1 SIGS2 10.05 0 HIDCLP 183 -2 PPCL 262 -5.2 H8020 10.2 -0.05 PFL 652 -1 JFL 655 6 RAWA 889 29 CHDC 1684 -35.9 CZBIL 242 -10 HRL 861 -4 SBL 345 -8.1 ENL 1102 -18 KRBL 613 0 HEI 648 -10
×
सन्धिखर्कको एक मतपेटिका खोल्दा भेटियाे पत्र, के छ पत्रमा हेराैं…



सन्धिखर्क नगरपालिकाको एक मतपेटिका खन्याउँदा पत्र भेटिएकाे छ ।

गणक दामोदर आचार्यका अनुसार पत्रमा मतदाताले उम्मेदवार चयनप्रति नै असन्तुष्टि जनाएका छन् ।  गणक आचार्यले भने, ‘शुरुमा त खाली मतपत्र भेटिएपछि सबै आश्चर्यचकित भए । पछि पत्र खोलेर हेर्दा भने पत्रले भावुक बनायो । खाली मतपत्रलाई बेरेर राखिएको पत्रमा मतदाताले उम्मेदवारहरूप्रति तीव्र असन्तुष्टी जनाएका छन् । एक पेजको पत्रमा मतदाताले जनताको कालो दिन भनेका छन् ।’

पटक पटक परीक्षण भएकाहरूलाई के मत दिनु ? ती मतदाताले यिनै जनप्रतिनिधिबाट जिल्लाको विकास नहुने जनाएका छन् । उनले लेखेका छन्, ‘आगामी निर्वाचनमा सन्धिखर्क नगरपालिकाको नगर प्रमुख पद जितेर कसरी काम गरेन सकिन्छ भनेर आफूले देखाउने दाबी समेत गरेका छन् ।’

उनले थप लेखेका छन्- मत गन्दै गरेको तपाईँहरूलाई पनि लागेको होला, कस्तो व्यक्तिको मत गनेर विजयी घोषणा गर्नुपरेको छ । ती मतदाताले सन्धिखर्क-गोरुसिंगे सडक, अस्पताल, कलेज, सन्धिखर्कको जग्गा अतिक्रमण जस्ता विषयमा एक पटक सोच्न सबैलाई अनुरोध गरेका छन् ।

अर्घाखाँचीमा प्रतिनिधिसभा निर्वाचन अन्तर्गतको मतगणना चलिरहेको छ । एमालेका सचिव टोपबहादुर रायमाझीले अग्रता लिइरहदा कांग्रेस नेतृ पुष्पा भुसालले रायमाझीलाई पछ्याइरहेकी छिन् । राष्टिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसाल तेस्रो स्थानमा छन् । एमाले नेता रायमाझी र कांग्रेस नेतृ भुसाल यसअघि पनि पटक पटक अर्घाखाँचीबाट निर्वाचित हुँदै आएका छन् ।

asantusta 2.jpg सन्धिखर्कको एक मतपेटिका खोल्दा भेटियाे पत्र, के छ पत्रमा हेराैं...

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस