KBLD86 1115 0 NLO 242.1 0 NIMBPO 176.9 -1.1 RURU 740 -9.8 EBL 605 5 ADBL 367 -11.1 PHCL 465.1 -9.9 H8020 10.2 -0.05 SADBL 419 -1 UNL 48870 -930 PPL 461 -2.5 USHL 783.2 -13.7 NBF3 9.04 0.17 LBLD86 1081 -0.2 SARBTM 765 -5 NMBD87/88 1027 -3 TAMOR 482.9 -2.1 KRBL 613 0 VLBS 902.5 -7.5 NRIC 803 -5 SAHAS 505 28 LEC 276.8 -6 SAMAJ 3321.1 1.1 SBL 345 -8.1 PBD85 1079.9 19.9 HIDCL 270.7 -4.1 SANIMA 326 -10.2 SPHL 666.9 16.9 SFMF 10.2 -0.2 AKPL 248.5 -2.5 KDBY 9.21 -0.23 ACLBSL 1035 0 NFS 1350 -43 BEDC 470 0 RNLI 495.5 1.5 MHL 725 3.5 AHL 651 2 SMATA 875 -16 MFIL 768 48 NWCL 975 -13.9
×
गण्डकीमा गणना सकिएका १४ क्षेत्रमा को-को विजयी भए ?



गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये हालसम्म १४ निर्वाचन क्षेत्रको टुंगो लागेको छ ।

अहिलेसम्मको नतिजा अनुसार कांग्रेस पहिलो, एमाले दोश्रो र माओवादी तेश्रो भएका छन् । कांग्रेसले हालसम्म १० सीट चुनाव जितेको छ भने एमालेले २ सीट तथा माओवादीले १ सीट र बाँकी अर्को सीट स्वतन्त्रले जितेका छन् ।

कांग्रेसले बागलुङका ४ वटै निर्वाचन क्षेत्र, मुस्ताङका दुईवटै निर्वाचन क्षेत्र, गोरखाका २ वटा, तनहुँ र मनाङका १-१ क्षेत्रमा जित निकालेको छ । एमालेले कास्कीको एउटा र तनहुँको एउटा क्षेत्र जितेको छ । माओवादीले म्याग्दी र स्वतन्त्रले मनाङमा चुनाव जिते ।

गोरखा क्षेत्र नम्बर १ (ख) मा कांग्रेसका नन्द्र प्रसाद न्यौपाने, २ (ख) मा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । यस्तै, बागलुङ १ (क) मा दीपेन्द्रबहादुर थापा, १ (ख) मा डिल्लीराम सुवेदी, २ (क) मा जीत शेरचन र २ (ख) मा दोर्णकुमार कुवँर विजयी भएका छन् । मनाङ (क) मा मुनिन्द्रजंग गुरुङले चुनाव जित्दा मुस्ताङ (क) मा नम्डु गुरुङ र (ख) मा विकल शेरचनले जिते । यस्तै, तनहुँ २ (ख) मा कांग्रेसकै जीत प्रकाश आलेले चुनाव जिते ।

एमालेले तनहुँ २ (क) बाट श्यामराजा महत तथा कास्की २ (क) बाट भीम कार्कीले जितेका छन् । माओवादीका रेशम जुग्जालीले म्याग्दी (ख) बाट निर्वाचन जिते भने मनाङको (ख) बाट स्वतन्त्र उम्मेद्वारी दिएका राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भएका हुन् । अब गण्डकीमा २२ सीटको नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस