×
Lagani
Lagani Shiksha gif
गगन थापा ७४ सय ४७ मतसहित विजयी, औपचारिक घोषणा हुँदै



काठमाडौं ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् ।

केही बेरअघि सम्पन्न मतगणनाको परिणामअनुसार थापाले २१ हजार ३०२ मत पाएका छन् ।

एमाले उम्मेदवार राजन भट्टराईले १३ हजार ८५५ मत पाएका छन् । थापा र भट्टराईबीच मतान्तर ७४ सय ४७ छ ।

Lagani Shiksha gif
sharehubapk गगन थापा ७४ सय ४७ मतसहित विजयी, औपचारिक घोषणा हुँदै

निर्वाचन अधिकृतको कार्यालयले केहीबेरमै थापा विजयी भएको औपचारिक घोषणा गर्ने भएको मतदान अधिकृत शारदा पौडेलले जानकारी दिइन् ।
कांग्रेस महामन्त्री थापा तेस्रोपटक एमालेका भट्टराईलाई पराजित गर्दै प्रतिनिधिसभामा पुगेका छन् ।

यसपटक उनले सांसद निर्वाचित भएपछि नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा उठ्ने र प्रधानमन्त्रीको दाबी गर्ने घोषणा गरेका छन् । उनी एकपटक संविधानसभा सदस्यसहित चारपटक संसद् प्रवेश गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस