SDBD87 1035 4 ULHC 390 -7.9 CITY 805 -17 MHL 725 3.5 NMFBS 1435 1 NICFC 8.97 -0.33 SAGF 9.31 0.01 RMF1 9.15 -0.1 RNLI 495.5 1.5 ALBSL 1040 -4 JBLB 1534 -3 CMF1 10.5 -0.2 KSBBLD87 1093.4 18.4 MBJC 321 -8 SANIMA 326 -10.2 H8020 10.2 -0.05 NABIL 594 3 C30MF 9.74 0 GUFL 735 5 HIDCL 270.7 -4.1 BHDC 583 5.4 SADBL 419 -1 SHPC 525 -3.9 SNLI 585.1 -0.9 CHCL 568.9 -8.1 GBIME 256.1 -4.4 API 289.5 2.5 SMPDA 910 -1 NGPL 472 -2.9 MFIL 768 48 SEF 9.51 -0.24 UNHPL 266 0 AHL 651 2 AHPC 267 -0.6 TRH 1118 -5 SFCL 704.1 63.6 GVL 538.5 -22 SLBSL 1398.4 21.4 LVF2 9 0 BNHC 466.9 0.7
×
मुस्ताङमा एमाले क्लिन स्वीप, तीनै सीट कांग्रेस विजयी



मुस्ताङका तीनै सीट नेपाली कांग्रेसका उम्मेद्वारले जितेका छन् ।

प्रतिनिधि सभा सदस्यमा २९ वर्षका योगेश गौचन विजयी भए ।  उनले एमालेका प्रेम प्रसाद तुलाचनलाई पराजीत गरेका हुन् । योगेशले ३ हजार ९ सय ९२ मत पाउँदा प्रतिश्पर्धी प्रेमले ३ हजार ७८ मत मात्रै पाए ।

प्रदेश सभा (क) मा कांग्रेसका नम्डु गुरुङले एमालेका इन्द्रधारा विष्टलाई हराए । ३२ वर्षका नम्डु गत स्थानीय निर्वाचनमा लोमान्थाङ ४ को वडाध्यक्षमा पराजीत भएका थिए । नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिश्पर्धी विष्टले ७ सय ९३ मत पाए ।

प्रदेश (ख) मा पनि कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन् । एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दै शेरचन प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

गौचनलाई १ सय ५८ मत अन्तरले हराएर शेरचन विजयी भए । शेरचनले २ हजार ७ सय २३ मत ल्याए भने गौचनले २ हजार ५ सय ६५ मत पाए । यहाँ ५५ मत बदर भएको छ । मुस्ताङमा एमालेका तीनै उम्मेद्वार निवर्तमान सांसद हुन् भने कांग्रेसका तीनै उम्मेद्वारले डेब्यु गरेका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस