NUBL 672 5.1 SANIMA 249 0.1 ANLB 2378 -22 WNLB 1460.1 -23.9 PMHPL 225.9 -3.9 MSHL 673 4 MMF1 7.35 0.05 NIFRAP 111 0 MNBBL 343.1 3.1 SARBTM 777.7 -2.1 NMB 190 0 SHPC 318.6 -0.4 HURJA 307 -1 KEF 8.76 0 NLG 748 0.8 GBILD86/87 990.4 19.4 NHPC 142.4 -0.6 KSY 8.03 0.07 BPCL 290 -2.9 UAIL 555.1 -3.4 RHPL 270 0 NMB50 9.68 0.09 AVYAN 954 50.1 SFEF 7.92 0.03 SMATA 1019 11 TAMOR 389.2 -1.1 NIL 796 0 NRIC 648 4 NYADI 310 8 MDB 493 8 NMLBBL 683 4 ICFC 555 -3.2 MERO 700.3 27.3 ACLBSL 1016 61 RNLI 420.1 0 FOWAD 1259 9 CIT 2095 -2 NIBSF2 7.86 0.01 SLCF 8.08 0.08 JSLBB 1395 11
×
आमनिर्वाचन २०७९ : देशभर कहाँ कहाँ चल्यो गोली ?



प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सकिएको छ ।

आइतबार सम्पन्न मतदानमा जनताको उत्साहजनक उपस्थिति हुन सकेन । मतदानका क्रममा देशभरका केही मतदानस्थलमा झडप भएको छ । केहीमा मतदान नै स्थगित भएको छ । निर्वाचन चलिरहँदा देशका कतिपय स्थानमा गोली  समेत चलेको छ । सुरक्षा निकाय स्रोतका अनुसार नेपालमा आज २५ ठाउँमा गोली चलेको छ ।

जसमा प्रदेश १ को ताप्लेजुङमा १ स्थानमा गोली चलेको छ । मधेश प्रदेशको सिरहास्थित मिर्चैया बडहरामालमा, राैतहटकाे गुजरा-४ समेत गोली चलेको छ । बागमती प्रदेशको चितवन, दोलखाको तामाकोशी गुम्बेश्वरी मावि, जिरी-९ स्थित कालिाका मावि चिपचिपे, तामाकोशी २ अमर मावि भत्तेर चौर, जनज्योति मावि बैतेश्वर, कालापानी मावि जफे, कालिनचाोक गाउँपालिका १ वडा कार्यालय बेगुम्पा, सुर्योदया प्रावि भदौरेमा गोली फायरिङ भएको छ ।

गण्डकी प्रदेशस्थित स्याङ्जाको चापाकोट नगरपालिका-१ भानु मावि आदी चौघेरा, गल्याङ नगरपालिकास्थित आदर्श माविमा समेत गोली चलेको छ । कर्णाली प्रदेशको हुम्लास्थित देवकोटा आवि कुनापानी र मान्धारा मावि भकुण्डामा समेत गोली चलेको बताइएको छ ।

स्दूरपश्चिम प्रदेशस्थित बाजु्रा जिल्लाका स्वामीकार्तिक, छेडेदह, कैलाशेवरी मावि मना, सत्य मावि पाण्डुसैन र धुरालसेरा मावि डुगरीमा समेत गोली फायरिङ भएको छ । डोटीको राधाकृष्ण मावि गोपघाट, दार्चुलाको मालिकार्जुन मावि र बझाङको मष्टा आधार आवि बरेलथुममा समे गरी देशभर कूल २४ स्थानमा गोली चलेको छ । यद्यपि आमनिर्वाचनमा फाटफुट घटना भएपनि समग्रमा निर्वाचन शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस