×
Lagani
Lagani Shiksha gif
बाजुरामा मतपेटिकामा आगजनी



बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मा मतपेटिकामा आगो लगाइएको छ ।

स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित भगवति माविको मतदान केन्द्रमा समानुपातिक मतपेटिकामा आगो लागेको प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए ।

Lagani Shiksha gif
sharehubapk बाजुरामा मतपेटिकामा आगजनी

उनले आगजनीको कारण भने नखेलेको बताए । ‘आगजनी कस्ले र किन गर्‍यो भन्ने खुलेको छैन,’ रावलले भने, ‘यसबारेमा छनविन भइरहेको छ ।’ सो मत पेटिकामा ९ सय ५० मत खसेका थिए । मतपेटिकामा आगजनी भएपछि सो मतदान केन्द्रको मतदान कार्य स्थिगित भएको एसएसपी रावलले बताए ।

त्यसैगरी बाजुराको बुढीगंगा नगरपालिका–५ मा पनि कांग्रेस र एमालेका कार्यकर्तावित भएको विवादका कारण मतदान स्थगित भएको छ । सो स्थानमा कांग्रेस र एमाले कार्यकर्ताविच झडप हुँदा केही मानिस घाइते समेत भएका छन् ।

बाजुराका अन्य स्थानमा भने मतदान भइरहेको एसएपी रावलले जानकारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीका अनुसार जिल्लाको खप्तड छेडेदह–१, त्रिवेणी–७ तथा स्वामिकात्तिक खाँपर ३ र ४ मा पुनः मतदान सुरु भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस