AHPC 267 -0.6 BNHC 466.9 0.7 NFS 1350 -43 SNLI 585.1 -0.9 NMB 263.9 -7.1 ALICL 714.5 -1.2 C30MF 9.74 0 KBSH 2386 -9 KBLD89 1156 1 EBLD86 1040 -2 NBF3 9.04 0.17 HIDCL 270.7 -4.1 BOKD86 1040 18 GLH 244 -2 SBD87 1048 11.9 EBLD85 1105 5 WNLB 2650 -80 AKJCL 209 -3 CIZBD86 1060 -10 MCHL 488.3 -3.7 SAGF 9.31 0.01 PBLD87 1028 -2 MHCL 410 -7 PBD85 1079.9 19.9 MATRI 1405 -8 CKHL 632 -8 RNLI 495.5 1.5 SIFC 628 10 SALICO 747 -9.1 LVF2 9 0 MAKAR 500 6 SMH 1064.8 5.9 API 289.5 2.5 MEL 292 2 HBL 260 -13 SONA 473.2 -7.8 JSLBB 1513.9 38.9 TAMOR 482.9 -2.1 RADHI 397.9 7.9 NMBD87/88 1027 -3
×
बाजुरामा मतपेटिकामा आगजनी



बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मा मतपेटिकामा आगो लगाइएको छ ।

स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित भगवति माविको मतदान केन्द्रमा समानुपातिक मतपेटिकामा आगो लागेको प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए ।

उनले आगजनीको कारण भने नखेलेको बताए । ‘आगजनी कस्ले र किन गर्‍यो भन्ने खुलेको छैन,’ रावलले भने, ‘यसबारेमा छनविन भइरहेको छ ।’ सो मत पेटिकामा ९ सय ५० मत खसेका थिए । मतपेटिकामा आगजनी भएपछि सो मतदान केन्द्रको मतदान कार्य स्थिगित भएको एसएसपी रावलले बताए ।

त्यसैगरी बाजुराको बुढीगंगा नगरपालिका–५ मा पनि कांग्रेस र एमालेका कार्यकर्तावित भएको विवादका कारण मतदान स्थगित भएको छ । सो स्थानमा कांग्रेस र एमाले कार्यकर्ताविच झडप हुँदा केही मानिस घाइते समेत भएका छन् ।

बाजुराका अन्य स्थानमा भने मतदान भइरहेको एसएपी रावलले जानकारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीका अनुसार जिल्लाको खप्तड छेडेदह–१, त्रिवेणी–७ तथा स्वामिकात्तिक खाँपर ३ र ४ मा पुनः मतदान सुरु भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस