×
भोट हाल्न लाइन बसेका वृद्धको मृत्यु

फाइल फोटो



मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न  मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो ।मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।

IELTS PTE copy भोट हाल्न लाइन बसेका वृद्धको मृत्यु

त्यस्तै झापाको शिवसताक्षी नगरपालिका– १० स्थित बालनिकुञ्ज माध्यामिक विद्यालयमा रहेको मतदान स्थलअन्तर्गतको ‘घ’ केन्द्रमा मतदान स्थगित भएको छ ।

जिल्ला निर्वाचन कार्यालय प्रमुख तुलसीकुमार नेपालका अनुसार प्रतिनिधिसभा सदस्यतर्फको मतपेटिकामा एक मतदाताले प्रदेश सभाको मतपत्र खसालेपछि मतदान रोकिएको हो ।  सर्वदलीय बैठक बसेर सहमति गरेपछि मात्र त्यहाँ मतदान अगाडि बढाइने प्रम्ख नेपालले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस